पाल्पामा नयाँ नोट लिन सास्ती

पाल्पा । नेपाल राष्ट्र बैकले १८ हजार ५ सयका दरले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जनाएपनि व्यवहारमा लागु भएको छैन । पाल्पा एक जनाले पाँच हजार मात्र पाएका छन् ।

घटनस्थापनादेखि वितरण भनिएपनि कार्तिक १ देखि राष्ट्रिय बाणिज्य बैकले नयाँ नोट वितरण थालेको हो । बैंकले प्रयाप्त नयाँ नोट नपठाउदा सर्वसाधारण र बाणिज्य बैंक दुवैलाई सास्ती भएको छ । अन्य सरकारी र नीजि बैंकलाई नदिएर राष्ट्रिय बाणिज्य बैकलाई सिमित नयाँ नोट वितरण जिम्मा दिएपछि प्रयाप्त रकम नपाएको सर्वसाधारण बोधराज ढुङ्गानाले गुनासो गरेका छन् ।

दशैमा मात्र नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको अभ्यास सच्चाउनु पर्दछ । अन्य बैंकलाई नदिएर राष्ट्रिय वाणिज्य बैंकलाई वितरणलाई सकस भएको छ । सर्वसाधरण लाइनमा बस्नु पर्ने र चाहे जति रकम दिन नसकिएको अवस्था छ ।

पाँच हजार मुठा बनाएर वितरण गरिएको वाणिज्य बैक पाल्पाका प्रमुख माधव पौडेलले बताए । नेपाल राष्ट्र बैकले प्रचार प्रसार एउटा गर्ने र व्यवहार अर्काे गरेकाले सर्वसाधरणले अनावश्यक दुःख पाउनु परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सद्भाव बिथोल्ने ३९ जना पक्राउ