रोशनीडाँडाको सोलार सिस्टम अज्ञात समुहद्वारा तोडफोड

दैलेख । प्रदेश सरकार भौतिक मन्त्रालयको लगानीमा ३५ लाखको बनेको रोशनीडाँडा लिफ्टिङ आयोजना सोलार सिस्टम अज्ञात समुहद्वारा तोडफोड भएको छ ।

अज्ञात समूहले जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका (४ जारगाँउ पानिमुला स्थित रहेको रोशनीडाँडा लिफ्टिङ आयोजनाको सोलार सिस्टममा तोडफोड गरेका हुन् ।

ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको चामुण्डा बिन्द्रासैनी नगरपालिका(४वडा अध्यक्ष भक्तबहादुर शाहीले बताए । तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाही गरिने वडाध्यक्ष शाहीले जानकारी दिए । प्रदेश सरकार भौतिक मन्त्रालयको लगानीमा निर्माण गरिएको रोशनीडाँडा लिफ्टिङ आयोजना कात्तिक ६गते राती अज्ञात समुहले तोडफोड गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालका अनुसार अज्ञात समुहको खोजि कार्य भइरहेको बताएका छन् । तोडफोड गर्ने जो कोहीलाई कानुनी कारवाही सहित क्षतिपुर्ति समेत तिनुे पर्ने उनले बताए ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक