खोटाङ । खोटाङमा नौ वर्षकी बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा तालखर्कका २१ वर्षीय प्रकाश पुरी पक्राउ परेका छन् ।
सानीआमाको घरमा बसिरहेको र अभिभावक नभएको अवस्थामा बालिकालाई कात्तिक ११ गते बलात्कार प्रयास गरेको उजुरीका आधारमा पुरीलाई अस्थायी प्रहरीचौकी तालखर्क प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)






