मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ । घटना भएको ८ दिन र लासको पोष्टमाटम भएको ४ दिनपछि आमा र ३ छोरा, छोरीको दाहसस्कार गरिएको हो ।
घटना कसरी घट्यो ? के कारण घट्यो ? र हत्यारा को हो ? भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान दिपक बोहोरा र आफन्तले लास बुझ्न मानेका थिएनन । घटना गत ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारि पाएको थियो । जानकारी पश्चात् घटना स्थल पुगेको प्रहरिले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याइएको थियो ।
घटनामा जानकारी आए लगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोलि खटिइ अनुशन्धान तीव्र बनाउदै आएको छ ।
जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो । घटनाको प्रकृति,अनुसन्धानको प्रगती ’bout नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुगेका थिए ।
घटना भएको सिङ्गो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन वितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरि कै घटना गतिविधिहरुमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् ।
अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशङ्कामा प्रहरिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्वन्धीत व्यक्तिहरुसङ्ग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिनसम्म लाग्छ । यत्रो ४-४ जनाको हत्या भएको छ कयौ जनासङ्ग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन ।
मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका वावजुद काम गर्नु पर्छ एक त घटनाको सुचना प्रहरीसम्म ढिला पुग्यो,फोन,नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्वन्धी कृयाकलाप गर्न घटना स्थल,सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भैरहेको छ प्रनाउ थापाले भन्नुभयो । प्रहरिले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भैरहेको बताएको छ ।
घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेट मध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्माट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उदेश्य र कारोवारोले हत्या भएको हुन सक्ने अनुमान गरि प्रहरिले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्ती ’bout ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दावी गरिरहेको छ ।
हप्ता दिन वित्यो घटनाको केही क्लु फेला परेको छैन । के थप अनुशन्धान गर्न केन्द्रिय अनुसन्धान टोलि आउन लागेको हो भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउ विरेन्द्र थापाले भन्नुभयो कुनै क्लु नभेटाइ केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो । त्यसैले अहिले फिल्डमा खटिएको टोलिले हत्या र हत्यारा ’bout केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइवी टोलि पनि मुगु आउनसक्छ ।
जिल्ला अस्पताल मुगुमा लास राख्ने कोल्ड हाउस नहुँदा लासहरु गल्दै गएकाले समय मै दाहसस्कार नभए अस्पताल क्षेत्रमा गन्धित फैलिने त्रास थियो । चिकित्सक अर्जुन भामले भन्नूभयो प्रहरिले अनुसन्धान गरिरहेको छ शुष्म अध्ययनका लागि सव परिक्षण पनि भैसक्यो आफन्तहरुले लास बुझिदिनु भयो अब हाम्रो त्रास हट्यो ।
हत्यारा र हत्याको कारण पत्ता नलाग्दै लासहरु बुझ्न दवाव परेपछी मानसिक तनावमा रहेका मृतक श्रीदेविका श्रीमान दिपक बोहोरा विहिवार विहानै देखि बेपत्ता भएका थिए । सबै तिर प्रहरी र स्थानियहरुले खोजी गर्दा राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा रहेका आफन्तको घरमा बसेको फेला पारेका थिए ।
शुक्रबार विहान नगरप्रमुख विष्णु कुमार भाम,आफन्तहरुको सम्झाइ बुझाइ पछि दिपक बोहोरा लास बुझ्न र दाहसस्कार गर्न सहमत भएका थिए । आमा श्रीदेवि बोहोरा र ११ बर्षिय छोरा मनोज बोहोराको लास जलाइएको र ८ महिने छोरा रहर बोहोरा र ८ वषिय छोरा अप्सरा बोहोराको लास जमिनमा दफन गरिएको नगरप्रमुख भामले बताए ।