रेशम चौधरीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको छ ।

टीकापुर घटनामा दोषी सावित भई जेल सजाय भुक्तान गरिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दाको बिहीबार हुने भनिएको अन्तिम सुनुवाइ स्थगित भएको हो ।

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णय र कार्यविरुद्ध रिट दायर गरेकी थिइन् । 
 

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन