दिदीको घरमा तिहारको टिका लगाउन हिडेका भाइ अर्घाखाँचीमा मृत फेला

अर्घाखाँची । दिदीको घरमा तिहारको टिका लगाउन हिडेका भाइ अर्घाखाँचीमा मृत फेला परेका छन । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका ३६ वर्षीय खुमबहादुर घर्ती अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–३ को सिख्रास्थित भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दिदी कमला घर्तीले गत कार्तिक २९ गते टिका लगाउन हिनेको भाइ सम्पर्कमा नआएपछि प्रहरीलाई समेत जानकारी गराउनुभएको थियो।स्थानीयले भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही अनुसार घटना स्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी विक्रम रिजालको टोली त्यहाँ पुगेको थियो । शवलाई जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याएको छ । यस’boutमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रतितसिंह राठोरले बताए ।

यस्तै अर्घाखाँचीको शितगंगा नगरपालिकामा एक पुरुषको तरकारीमा राख्ने विषादी सेवन गर्दा मृत्यु भएको छ।नगरपालिका को वडा नम्बर ७ मगराकल्लेरीका ६० वर्षीय खुमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मृतक थापाले गत कार्तिक २९ गते तरकारीमा राख्ने विषादी सेवन गर्दा बिरामी परेका थिए । थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का