जगदीशपुर तालमा स्टिमर सञ्चालनमा रोक

कपिलवस्तु । नेपालकै दोस्रो वर्ड सेन्चुरी (पक्षी आरक्ष क्षेत्र) घोषणा गरिएको कपिलवस्तुको जगदीशपुर जलाशय क्षेत्रमा सञ्चालन गरिएको मोटर बोट (स्टिमर)लाई रोक लगाइएको छ। जगदीशपुर तालमा अत्याधुनिक १० सिटे (चालक सहित) मोटर बोटको सञ्चालन पछि चराको वासस्थान बिथोलिने र आगन्तुक चराको आगमनमा असर पर्ने भन्दै डिभिजन वन कार्यालय कपिलवस्तुले तालमा मोटर बोट सञ्चालनमा रोक लगाएको हो ।

तालको संरक्षण गर्दै आएको जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चले एक सातादेखि तालमा स्टिमर सञ्चालन गरेको थियो। मोटर बोट सञ्चालन भएपछि चरा विदहरुले त्यसको विरोध गरेका थिए । मोटर बोटले चराको वासस्थानमा खलल पुग्ने र जगदीशपुर तालमा चर नै नरहे यसको अस्तित्व गुम्ने भन्दै सरोकारवालाको चर्को आलोचना र विरोध पछि डिभिजन वनले मोटर बोट सञ्चालनमा रोक लगाएको हो ।

कार्य योजना मै नरहेको र बिना जानकारी तालमा मोटर बोट सञ्चालन गरेपछि रोक लगाइएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए। ‘कार्य योजना मै नरहेको कुरा मञ्चले जबरजस्ती सञ्चालन ग¥यो, त्यसैले हामीले मोटर बोट सञ्चालनमा रोक लगायौ’ उनले भने। कार्य योजना अनुसार तालमा ५ वटा पेडलबोट भने सञ्चालन मै रहेको जानकारी उनले दिए ।

तालको पश्चिमी क्षेत्रको करिब ५ हेक्टर क्षेत्रमा स्टिमर चलाइएको थियो। मञ्चले ०७६ सालदेखि यहाँ पाइढल ढुङ्गा ठेक्का लगाउँदै आएको छ। मञ्चका अध्यक्ष ललित गुरुङले पर्यटक तान्न र स्थानीयलाई आय आर्जनसँग जोड्न तालमा मोटर बोट सञ्चालन गरिएको बताए। उनले चराहरूको वासस्थान र आगमनलाई रोक्ने आफूहरूको मनसाय नरहेको उनले बताए। कपिलवस्तु नगरपालिकाले मञ्चलाई स्टिमर खरिदका लागि ५ लाख अनुदान दिएको थियो। मञ्चले थप लगानी गरी १३ लाख ५० हजारको लागतमा स्टिमर खरिद गरिएको जनाएको छ ।

१५७ हेक्टरमा फैलिएको नेपालकै दोस्रो पक्षी आरक्ष क्षेत्र जगदीशपुरले हिउँदमा मात्रै १५ देखि २० हजार आगन्तुक चरालाई आश्रय दिँदै आएको छ । सन् २००१ म विश्व सिमसार क्षेत्रमा सूचीकृत उक्त ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा वर्ड सेन्चुरी घोषणा गरिएको थियो । हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मङ्गोलिया, युरोप, कोरिया र तिब्बती क्षेत्रबाट चिसो छल्न, फुल पार्न र बचेरा हुर्काउन आउने चराहरू तालमा आउने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का