कृषि विकासका पकेट क्षेत्र

प्राकृतिक स्रोतहरूमध्ये भूमिलाई महत्वपूर्ण मानिन्छ । यो सीमित प्राकृतिप्रदत्त उपहार हो । भूमि जुनसुकै मुलुकको पनि अमूल्य सम्पत्ति हो, जसमा सम्बन्धित देशका जनताको भविष्य निर्भर रहन्छ । यसमा धेरै किसानले खेतीपाती गरी जीविकोपार्जन गर्ने हुनाले धेरै महत्व छ । भूमिबिना कुनै पनि मुलुकको चौतर्फी विकास गर्न सकिँदैन । वास्तवमा भौगोलिक वास्तविकतालाई आधार मानेर भूमिको सदुपयोग गर्नसके कृषि क्षेत्रबाट धेरै फाइदा प्राप्त गर्न सकिन्छ ।

नेपालको कुल भूभागमध्ये झन्डै २८ प्रतिशत भूमि खेतीयोग्य छ । तर, यहाँबाट प्रत्येक वर्ष करिब २ करोड ४० लाख मेट्रिक टन माटो बगेर अन्यन्त्र जान्छ । नेपालको कुल भूभागमध्ये झन्डै २८ प्रतिशत कृषियोग्य छ । यहाँको उचाई ७५ मिटरदेखि ८ हजार ८ सय कृषि उपजहरू उत्पादन गर्न सकिन्छ । यहाँको हावापानीले विश्वकै हावापानीको प्रतिनिधित्व गर्छ । वस्तुतः यहाँको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान झन्डै २७ प्रतिशत छ । तर, केही वर्षयता यहाँ खाद्यान्न उत्पादन घटेकाले आयात विस्तारै बढिरहेको छ । तर, यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान राम्ररी आकृष्ट हुन सकेको छैन ।

सबै बाली सबै ठाउँमा समान रूपले फस्टाउन सक्दैनन् । ’cause कुनै निश्चित भूधरातल कुनै निश्चित बालीका लागि उपयुक्त हुन्छ भने अर्को बालीका लागि अनुपयुक्त हुनसक्छ । यसले भूधरातलको अध्ययनका आधारमा कुनै निश्चित क्षेत्रलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । वस्तुतः नेपालका केही कृषि उपजहरू विश्व प्रसिद्ध छन् । उदाहरणका लागि यहाँ उत्पादित अलैंची विश्वको प्रथम स्थानमा अंकित छ भने अदुवा तेस्रो र मुसुरो छैटौं स्थानमा छ । यहाँका केही स्थानहरू निश्चित बालीका लागि निकै नै प्रख्यात छन् । उदाहरणका लागि पाल्पा जिल्ला अम्रिसो र तेजपत्ताका लागि प्रसिद्ध छ भने संखुवासभा र तेह्रथुम जिल्ला अलैंची तथा अकबरे खुर्सानीका लागि प्रख्यात छन् ।

महँगो मूल्यमा निर्माण गरिएका शीतगृहमा स्थानीय कृषकहरूले आफ्ना कृषिउपज सञ्चय गर्न सक्दैनन्

यसैगरी, सिमीका लागि हुम्ला, जुम्ला र मनाङमा, धान र नरिवल झापामा, कफी गुल्मी, अर्घाखाँची र पाल्पामा, अदुवा सल्यान र रुकुममा, चिया पाँचथर, इलाम र झापामा, स्याउ जुम्ला र हुम्लामा, आँप महोत्तरीमा, जुनार सिन्धुलीमा, बेल कैलालीमा, आलु ओखलढुंगामा र माछा धनुषामा पकेट क्षेत्रको सम्भावना रहेको छ । पकेट क्षेत्रहरूमा ठूलाठूला व्यावसायिक फार्महरू सञ्चालन गरी प्रशस्त कृषि उत्पादन गर्न सकिन्छ । फलतः कृषि विकास भई यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । कुनै पनि पकेट क्षेत्रमा उन्नत बीउबिजनबिना कृषि उत्पादन बढाउन सकिँदैन । वास्तवमा उन्नत जातका बीउबिजन प्रयोग गर्दा कृषि उत्पादन तीनगुणा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । हालसम्म पनि नेपालमा खासगरी ग्रामीण क्षेत्रमा रैथाने बीउबिजन प्रयोग भइरहेकाले पकेट क्षेत्रबाट बढी फाइदा लिन उन्नत बीउबिजनको प्रयोगमा जोड दिनुपर्छ ।

कुनै जग्गामा लामो अवधिसम्म एकै किसिमको बीउबिजन प्रयोग गर्दा उत्पादन क्षमतामा विस्तारै ह्रास आउने हुँदा निश्चित समयपश्चात् नयाँ बीउबिजन प्रयोग गर्ने किसानहरूलाई सचेत गराउन जरुरी छ । हालसम्म पनि कुनै जग्गामा कस्तो बीउबिजन उपयुक्त हुन्छ भन्ने कुराको गहिरो अध्ययन भएको छैन । यस सम्बन्धमा अध्ययन अनुसन्धान गरी उपयुक्त बीउबिजन सिफारिस गर्नु समयको माग हो । सिँचाइ सुविधाबिना पकेट क्षेत्रबाट कृषि उत्पादन वृद्धि असम्भव छ । कृषि उत्पादन बढाउन ठूला सिँचाइ आयोजनाहरूको आवश्यकता पर्छ । यसैले विगतमा सिक्टा, कुलरिया, जमुनिया र भेरी बबई डाइभर्सनजस्ता ठूला सिँचाइ आयोजनाहरू निर्माण गर्न सुरु गरिएको भए पनि यी आयोजना सुरु गरिएको धेरै वर्ष बितिसक्दा पनि सम्पन्न गर्न सकिएको छैन । यसैले, उपर्युक्त आयोजनाहरू यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यान जानु आवश्यक छ ।

कुनै पनि पकेट क्षेत्रमा उन्नत बीउबिजनबिना कृषि उत्पादन बढाउन सकिँदैन । वास्तवमा उन्नत जातका बीउबिजन प्रयोग गर्दा कृषि उत्पादन तीनगुणा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । हालसम्म पनि नेपालमा खासगरी ग्रामीण क्षेत्रमा रैथाने बीउबिजन प्रयोग भइरहेकाले पकेट क्षेत्रबाट बढी फाइदा लिन उन्नत बीउबिजनको प्रयोगमा जोड दिनुपर्छ ।

हालसम्म सिँचाइ सुविधा नपुगेका जमिनमा लघु सिँचाइ, स्यालो टयुबवेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ व्यापक बनाउनुपर्छ भने चन्द्र, गण्डक र जुद्धजस्ता पुराना नहरहरूको मर्मत सम्भार पनि समयमै गर्नुपर्छ । हालसम्म पनि ठूला सिँचाइ आयोजनाहरू सरकारले मात्र गर्नुपर्छ भने मान्यता भए पनि यिनीहरूको सफलताका लागि निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता छ । तर, उचित सुविधा प्रदान नगरीकन निजी क्षेत्रलाई आकृष्ट गर्न नसकिने हुँदा सरकारको ध्यान यसतर्फ जानु आवश्यक छ ।

यान्त्रीकरण नगरेसम्म पकेट क्षेत्रको कुनै महत्व हुँदैन । वास्तवमा यान्त्रीकरण गर्नु भनेको थोरै खर्च गरेर कम समयमा बढी कृषि उत्पादन गर्नु हो । विकसित मुलुकहरूमा ५ देखि १० प्रतिशत श्रमशक्ति परिचालन गरेर कृषि उपजहरू अन्य मुलुकहरूमा निर्यात गर्न सक्नु यान्त्रीकरणको देन हो । यहाँ पनि पकेट क्षेत्रहरूमा यान्त्रीकरण गर्नसके धेरै फाइदा उठाउन सकिन्छ ।

पकेट क्षेत्रबाट फाइदा लिन कृषि वैज्ञानिकहरूको आवश्यकता पर्छ । नेपालमा कृषि वैज्ञानिकहरूको उत्पादन नभएको होइन । तर, सरकारले उनीहरूको सदुपयोग गर्न नसक्दा धेरैजसो कृषि वैज्ञानिकहरू बिदेसिन बाध्य छन् । त्यसैले, सरकारले आगामी दिनहरूमा उनीहरूलाई आकर्षण गर्ने सुविधाहरू प्रदान गर्नुपर्छ । यथार्थतः पकेट क्षेत्र घोषणा गर्नुको प्रमुख उद्देश्य कृषि उत्पादन बढाई निर्यात बढाउनु हो । तर, कृषि उपजहरू निर्यात गर्दा क्वारेन्टाइन जाँच गराउनुपर्ने बाध्यता छ । यहाँ गरिएको क्वारेन्टाइन जाँचलाई भारत तथा अन्य मुलुकहरूले मान्यता दिएका छैनन् । यसैले, क्वारेन्टाइन चेकपोस्टहरू भन्सार नाकाहरू नजिक निर्माण गर्न जरुरी छ ।

पकेट क्षेत्रमा उत्पादित कुनै पनि वस्तु शीतगृहको अभावमा सञ्चय गर्न सकिँदैन । एउटा शीतगृह निर्माण गर्न कम्तीमा १ करोड आवश्यक पर्छ । जुन ग्रामीण क्षेत्रमा स्थानीय तहद्वारा निर्माण गर्नु कठिन छ । महँगो मूल्यमा निर्माण गरिएका शीतघरमा स्थानीय कृषकहरूले आफ्ना कृषि उपजहरू सञ्चय गर्न सक्दैनन् । त्यसैले, सरकारले आवश्यकतानुसार अनुदानमा शीतघर निर्माण गरिदिनु जरुरी छ ।

वस्तुतः पकेट क्षेत्रबाट फाइदा लिन प्रशस्त लगानी गर्नुपर्छ । जसका लागि प्रत्येक वर्ष पर्याप्त बजेट छुट्याउनुपर्छ । तर, हालसम्म पनि यस्तो गर्न नसक्नाले सो क्षेत्रबाट आशा गरेअनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन । तसर्थ, आगामी दिनहरूमा यसतर्फ सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रहरीद्वारा हत्या गरिएका कुमार पौडेलको श्रीमती बागमतीको मेयरकाे उमेदवार