बारुदले बदलेको संसार

बारुद पड्कने पदार्थ हो । आगोको सम्पर्कमा आएपछि यो विष्फोट हुन्छ । आमरूपमा यसलाई अहिले विनासकारी साधन वा पदार्थ मानिन्छ । तर, यो सुरुमा मानिसको जीवन सुखी बनाउन र आयु लम्ब्याउने औषधीको खोजी गर्दा आविष्कार हुन गएको हो । यो खोज नवौं शताब्दीमा चीनमा गरिएको थियो । चीनमा त्यति बेला बौद्धमार्गीको अगुवाइमा चलिरहेको थियो । भिक्षुहरू मानिसको सुख, समृद्धि र अमनचयनको खोजीमा लागिपरिरहेका थिए । त्यसैबेला औषधीय कामका लागि बारुद अस्तित्वमा आएको थियो ।

पोटासियम नाइट्रेट, सल्फर र कोइला मिसाएर बनेको यौगिक वा मिश्रण हो बारुद ! यो आगोको सम्पर्कमा आउँदा छिटो सल्कने, पड्कने र वायुमण्डलमा धुवाँको मुस्लोमा परिणत हुन्छ । यसको प्रभाव विनासकारी र डरलाग्दो हुने देखिएपछि आविष्कारको छोटो समयमै यसलाई लडाइँमा अस्त्रका रूपमा प्रयोग गर्न थालियो । सुरुमा मंगोलियनले लडाइँमा यसको प्रयोग गरे । ठुलाठुला युद्ध जितेर राज्य विस्तार पनि गरे ।

बारुद सूर्यको वरिपरि पुग्दा झनै विष्फोटक र भयावह हुन थालेको छ

चीनमा नवौं शताब्दीमा पत्ता लागेको बारुद १३औं शताब्दीमा अरब देशमा पुगिसकेको थियो । बारुद व्यापारको वस्तु बनिसकेको थियो । यो लडाकुहरू तथा सिकारीको हातमा पुगिसकेको थियो । आफैंले बनाउन नसकिने अवस्थामा यसको व्यापार फस्टाउन पनि थाल्यो । बारुद बनाउने ज्ञान त भयो, तर यसको प्राविधिक सूत्र भने नबनेका कारण सबैले बारुद बनाउन सकेनन् । तात्कालीन चीनमा यसको सूत्र बनेको पाइँदैन । तर, बारुद जब अरबमा पुग्यो, यसको सूत्र निर्माण हुन गएको पाइन्छ ।

अरबियनले बारुद बनाउँदा १ भाग सल्फर, ३ भाग कोइला, ९ भाग पोटासियम नाइट्रेट मिसाएर बारुद बनाउन थाले । प्राविधिक सूत्र जब बन्यो, तब बारुदको निर्माणले व्यापकता पाउँदै गयो र विश्वभर फैलन थाल्यो । विस्तारका क्रममा १४औं शताब्दीमा जब बारुद र बारुद निर्माणको प्राविधिक सूत्र युरोपमा पुग्यो, यसमा गुणात्मक सुधार हुन गयो । बारुद निर्माणको सूत्रमा एकरूपता कायम हुन गयो । यसले स्ट्यान्डर्ड मापदण्डको रूप लियो ।

हालको स्ट्यान्डर्ड मापदण्ड भनेको सल्फर, कोइला र पोटासियम नाइट्रेटको १०ः१५ः७५ को अनुपात हो । सुरुमा चीन, कोरिया, भारत हुँदै मध्यपूर्वमा पुगेको बारुद पश्चिमा देशहरू युरोप अमेरिकामा पुगेर ज्वालामय विष्फोटक रूपमा विकसित हुन गयो । सामान्य भरुवा बन्दुकमा राखेर प्रयोग गरिने बारुदको स्वरूप परिमार्जित र विकसित हुँदै जाँदा यसले आधुनिक शास्त्रास्त्रको खोज र होडमा पु¥यायो । अहिले त आणविक होडबाजीको दुनियाँ चलिरहेको छ । आणविक बम, रकेट, हुँदै अहिले बारुद चन्द्रमा र मंगल ग्रहमा पुगिसकेको छ । बारुदले अहिले सूर्यको खोजी गर्न त्यसको नजिक नजिक पुग्दा अबका दिन झनै विष्फोटक र भयावह हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको लक्ष्मीनियामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी