पूर्णिमा मेलाका लागि कपिलवस्तुका ७ स्थानीय तहले दिए सार्वजनिक बिदा

कपिलवस्तु । कार्तिक स्नान (पूर्णिमा) नहान मेलाको अवसरमा सोमबार कपिलवस्तुका ७ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाको कपिलवस्तु नगरपालिका, महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका र मायादेवी गाउँपालिका, शुद्धोदन गाउँपालिका, यशोधरा गाउँपालिका र बिजयनगर गाउँपालिकाले बिदा दिएका हुन् ।

ऐतिहासिक नहान मेला अर्थात् कार्तिक शुक्ल पूर्णिमा पर्वको अवसरमा आकस्मिक सेवा बाहेकका पालिका मातहतका सम्पूर्ण कार्यालय बन्द हुने पालिकाले जानकारी गराएका छन्। जिल्लाको प्रसिद्ध रामघाट नदीमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।

उक्त मेलामा कपिलवस्तुका मात्रै नभएर देशका विभिन्न जिल्ला तथा छिमेकी मित्रराष्ट्र भारतका विभिन्न ठाउँका दर्शनार्थीहरु समेत आउने गर्दछन् ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)

epaper

ताजा समाचार

भारी वर्षा र बाढीको जोखिम : डिमानद्वारा पूर्वतयारीमा जोड