कपिलवस्तुको बाणगंगामा बसको ठक्करबाट किशोरीको मृत्यु

कपिलवस्तु । बसको ठक्करबाट कपिलवस्तुमा एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ८ लौगाइ बस्ने अन्दाजी वर्ष १८-१९ की सृष्टि बिसी रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

मङ्गलवार बिहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८७६५ नम्बरको बसले बाणगंगाको बुङ्चीमा साइकलमा सवार रहेका दुई किशोरीलाई ठक्कर दिँदा सृष्टिको मृत्यु भएको छ भने निर्मला बिसी घाइते भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए। घाइते बिसीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको रायमाझीले बताए ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी