अर्घाखाँची । अर्घाखँचीमा पासोमा परि उद्वार गरिएको चितुवाको मृत्यु भएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीको जंगलमा पासोमा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यस लगतै डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा सुरक्षाकर्मी र स्थानीयबाट उद्वार गरिएको थियो । सोमबार घाइते अवस्थामा फेला परेको चितुवा डिभिजन वन कार्यालयको खोरमा राखिएको चितुवाको विभिन्न ठाँउमा चोट लागेको थियो ।
चितुवालाई हिजो मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत यादव सापकोटाले बताए।करिव ३० केजीको भाले चितुवा रहेको उनको भनाइ छ।पासो कसले थापेको विषयमा थप अनुसन्धान समेत भएको सहायक वन अधिकृत सापकोटाले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)






