गौर हत्याकाण्ड लगायतका हत्यारालाई समातेर बुझाउँने आजपाको निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले बिभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आजपाको बसेको स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै जनतासंग जोडिएका मुद्धा’boutमा संघर्ष गर्ने निष्कर्ष निकालेको हो ।

दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा चलेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान संचालन हुने बताए ।

यसैगरी बिदेशी नागरिकता लिएकाहरुको सम्पति कब्जा गरि राज्यलाई बुझाउने, भ्रष्ट्राचार नियन्त्रण गर्न राज्य असफल रहेकोले निष्कर्ष निकाल्दै आजपाले त्यस्ता भ्रष्टाचारीलाई जनकारवाही गर्ने, गौर हत्याकाण्ड लगायतका हत्याराहरुलाई समातेर सरकारलाई बुझाउँने निर्णय आजपा स्थायी कमिटीको बैठकले गरेको छ ।

यस्तै जनसरोकारका मुद्धाहरुमा पार्टीका जनसंगठनहरुलाई संघर्षका कार्यक्रम अगाडी बढाउन बैठकले जिम्मेवारी तोकेको छ । आजपा प्रवक्ता साहका अनुसार भन्सारको बिषयमा आम सम्पर्क मन्च, वैदेशिक रोजगार पिडितको बिषयमा आईटी आर्मी, बैंकिङ लुट तथा कर्जाको बिषयमा आम किसान मोर्चा, आवासको बिषयमा आम दलित मोर्चा, मदर्सा शिक्षाको बिषयमा आम मुस्लिम मोर्चा र यातायातको भाडा सहुलियतको बिषयमा आम बिद्यार्थी मोर्चाले संघर्षका बिभिन्न कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।

देशमा विद्यमान जटिल परिस्थिति एवं संकटको निकासको लागि वर्तमान व्यवस्थाको खारेजी तथा अन्तरिम सरकारको गठन गर्नुपर्ने निष्कर्ष बैठकको छ । बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह अहिलेको सरकारलाई विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने बताएका थिए । अहिलेको व्यवस्था असफल भईसकेको बताउँदै उनले अन्तरिम सरकारको गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था लागु गर्नुपर्ने निष्कर्ष साहको रहेको छ ।

‘देशलाई सही निकास दिनका लागि यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन नै हो । यो नहुँदा सम्म देशमा अस्थिरता र अन्योल कायमै रहन्छ’ आजपा अध्यक्ष साहले भने, ‘त्यसैले राजनीतिक अन्योलता र अस्थिरता हटाउँनका लागि हामीले जतिछिटो यो व्यवस्थाको खारेजी र अन्तरिम सरकार गठन गरी कार्यकारी राष्ट्रपतिको व्यवस्था नै त्यसको निकास हो ।’

दलियतन्त्र, तीन दलका तीन राजाको मनोमानीले राजनीतिक अस्थिरता, देश अहिले असफलताको बाटोमा गएको बताउँदै उनले आर्थिक समृद्धि र देशलाई सफलतातर्फ लैजानका लागि यो व्यवस्था खारेजीको बिकल्प नभएको ठोकुवा उनले गरे ।

बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको पार्टीका महासचिव उपेन्द्र साहले जानकारी दिए । लिम्बुवान किरातमा रामप्रित राम, मधेश प्रदेशमा सुधीर यादव, ताम्सलिङ नेवामा अरुण घिसिङ, तमुवान गण्डकमा तिलक थापा, लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापा मगर र सुदूर पश्चिम प्रदेशमा ज्ञानेन्द्र कुमार तामाङलाई प्रदेशको इन्चार्ज तोकिएको छ ।

यसैगरी बैठकले प्रवासका देशहरूमा सम्पर्क र संगठन विस्तारका लागि समेत जिम्मेवारी तोकेको छ । अष्ट्रेलिया र न्युजील्याण्डका लागि तिलक थापा मगर, अमेरिका र क्यानाडाका लागि ज्ञानेन्द्र कुमार तामाङ, दक्षिण कोरियाका लागि चन्द्रभुषण साह, मलेसियाका लागि उमेश कुश्वाहालाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । यसैगरी भारतका लागि बाबुराम कौशिकलाई इन्चार्ज र बिजय यादवलाई सहइन्चार्ज, साउदी, कतार र दुवईका लागि लालबाबु मंसुरीलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

यसैगरी बैठकले १४ पुसमा पार्टीको स्थापना दिवस भव्यरुपमा मनाउँने निर्णय समेत गरेको छ । पार्टीको भातृसंगठन आईटी आर्मीको राष्ट्रिय भेला गर्ने निर्णय समेत बैठकले गरेको छ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोले पार्टीका उपाध्यक्ष रहेका पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेलाई निर्दोष साबित नहुँदासम्मको लागी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय बैठकले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी