कपिलवस्तुका रितिकलाई मानसा मेमोरिएल सर्वोत्कृष्ट पुरस्कार

कपिलवस्तु । क्वेस्ट नेपालद्वारा आयोजित विद्यार्थी गुणीय चक्रको उत्कृष्टता कपिलवस्तुका रितिक रायमाझीले हात पारेका छन् । चितवनको सौराहामा सम्पन्न १७ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीले सर्वगुणीय व्यक्तित्व पुरस्कार हात पार्न सफल भएका हुन् । देश भरिबाट २४ ओटा हव मध्य लुम्बिनी हवबाट सहभागी विद्यार्थी मध्यबाट व्यक्तित्व विकासका विभिन्न आयामहरू पार गरी रायमाझीले यो उत्कृष्टता प्राप्त गरेका हुन ।

प्रतिश्प्रधामा विद्यार्थीहरूको केश स्ट्डिी प्रस्तुति, प्यानल डिस्कशन, कोलाबोरेटिभ स्टोरी फर्मेशन, आर्ट एन्ड क्राफ्ट, क्विजमा गरिएको मूल्याङ्कनबाट उत्कृष्टता हासिल गरेका विद्यालयका शिक्षक प्रेम पाण्डेले बताए। सोही सम्मेलनबाट सहभागी सम्पूर्ण विद्यार्थिहरुमा गरिने सर्बगुण सम्पन्न मनसा मेमोरिएल सर्वोत्कृष्ट पुरस्कार रितिक रायमाझीले हासिल गर्न सफल भएका हुन ।

यसै सन्दर्भमा उत्कृष्ट विद्यार्थी रायमाझीसहित सहभागी विद्यार्थीहरूलाई एक समारोहका बिच युनाइटेड स्टुडन्ट्स एकेडमी विद्यालयले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण केसीले जानकारी दिए । बालबालिकालाई पाठ्यक्रमले निर्धारण गरेका विशिष्ट सिकाइ , विषयवस्तु सहित बालबालिकाको प्रतिभा एवम् व्यक्तित्व विकासका लागि नवीनतम विधि, शैली अप्नाउदै विद्यालयलाई समग्र सिकाइ केन्द्रको रूपमा रूपान्तरण गरिने प्रधानाध्यापक केसीले बताए ।

के हो मानसा मेमोरियल सर्बगुणि व्यक्तित्व पुरस्कार ?
सर्बगुणि व्यक्तित्व पुरस्कार असल र चलाख व्यक्तिलाई प्रदान गरिने प्रेरणादायी पुरस्कार हो। यस पुरस्कारको स्थापना विं.सं. २०७२ सालमा सर्बगुण सम्पन्न प्रेरक व्यक्तित्व मनसाको स्मृतिमा स्थापना गरिएको हो। चलाख स्वभाव अथवा अग्र गण्य व्यक्तित्व (क्mबचत एभचकयलबष्तिथ) भन्नाले यस्तो व्यक्तित्व जो सकारात्मक सोचका साथ आफूमा आत्मविश्वास जगाइराख्छ । सदा नवीन, सृजनशील विषयको सोधखोज गरिराख्दछ । विभिन्न ज्ञान, सिप हासिल गरी अरूलाई पनि सिकाइ रहन्छ र अरू सबैलाई आफू तर्फ आकर्षित गर्दछ ।

यस्तै असल स्वभाव, शिष्ट व्यक्तित्व (न्ययम एभचकयलबष्तिथ) यस्तो स्वभाव भएको व्यक्ति जो नागरिक मूल्यमान्यतालाई पूर्ण रूपले आत्मसाथ गरिरहेको हुन्छ। जस्तो सुकै परिस्थितिमा पनि मुस्कुराइ रहन सक्छ । कसैको दुख प्रति परोपकारी भावना राख्दछ । असहायहरूको सेवामा आफूलाई समाहित गर्दछ । यस्तो ब्यक्तिवलाई सधैँ पूर्ण विश्वास गर्न सकिन्छ ।

मनसा पुरस्कार सर्बगुण सम्पन्न व्यक्तिमा हुनुपर्ने व्यक्तित्व विकास तर्फ अग्रसर कलिला बिद्यार्थिहरुलाइ प्रदान गरिन्छ।सफल व्यक्तिमा हुनुपर्ने असल– चलाख दुवै व्यक्तित्वका पाटाहरूमा सँगसँगै विकास भइरहेको व्यक्तिलाई नै सर्बगुण सम्पन्न व्यक्ति भनिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

epaper

ताजा समाचार

माग सम्बोधन नभए आन्दोलन चर्काउने दुर्गा प्रसाईंको चेतावनी