सदरमुकाममै म्याद गुज्रेका औषधी बिक्री

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा म्याद गुज्रेका औषधी वितरण भएको पाइएको छ । गुल्मी जिल्ला अस्पताल अगाडी रहेको सिद्धबाबा मेडिकल हलले म्याद सकिएका औषधी बिक्री गरेको पाइएको हो ।

मेडिकलले आइतबार हाड भाँचिदा पानीमा भिजाएर प्लास्टर गर्ने ‘Plaster of peris’ म्याद गुज्रेको बेचेको हो । रेसुङ्गा नगरपालिका–०६ का ६५ बर्षिय काँशिराम मरासिनीको खुट्टामा समस्या भएपछि आइतबार जिल्ला अस्पताल गए । अस्पतालले उक्त औषधी किन्न सिफारिस गरेपछि उनका आफन्त सिद्धबाबा मेडिकल गए ।

मेडिकलले दिएको म्याद गुज्रेको औषधी लगेर उनका आफन्त अस्पतालमा गए । तर अस्पतालले म्याद सकिएको भनेपछि उनीहरु पुन मेडिकलमा त्यसैको सट्टामा अर्को औषधी लिन गए । ‘अलिबेरसम्म मेडिकलले अर्को व्यान्डिज पनि दिएन ।’ मरासिनीका आफन्त एकराज पन्थीले भने, ‘केहीबेरपछि मात्रै हामीले अर्को औषधी प्राप्त ग-यौ ।’ के.एस. सर्जिकल प्रा.लि.ले तीन बर्षको अवधिका लागि २०२० को सेप्टेम्बरमा उत्पादन गरेको थियो । व्यान्डिजको २०२३ सेप्टेम्बरमा म्याद सकिएको थियो ।

मेडिकल संचालक कृष्ण विश्वकर्माले आफ्नो मेडिकलका कर्मचारीबाट गल्ती भएको भन्दै कमजोरी स्वीकार गरे । अब आगामी दिनमा यस्तो गल्ति दोहोरिन नदिने पनि उनले प्रतिवद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आफु एक हप्तापछि जिल्ला आएकोले घटना’bout बुझ्ने प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास