२५ लाख संकलन,आईतवारबाट राहत वितरण गरिने


सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले लकडाउनबाट प्रभावित नगरवासीलाई राहत प्रदान गर्न निर्माण गरेको प्रकोप व्यवस्थापन कोषमा २५ लाख रुपैया संकलन गरिएको छ ।

केहि दिनअघि नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा विभिन्न मनकारी व्यक्तिहरुले सहयोग गरेपछी उक्त रकम संकलन भएको हरिवन नगरपालिकाले जनाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस सक्रमण फैलिन नदिन तथा रोकथाम र नियन्त्रणका लागि आवश्यक स्रोत साधन परिचालन गर्न एवम लकडाउनबाट प्रभावितलाई सहयोग गर्न कोष स्थापना गरिएको हो । दलित,अपाङ्ग तथा विपन्न परिवारलाई सहयोग गर्न गरिने हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईले जानकारी दिए ।

कोषमा रकम जम्मा भईसकेकोले आईतवार २३ गते बाट लकडाउनबाट प्रभावित परिवारमा राहत वितरण गर्ने कार्य सुरु गरिने मेयर प्रसाईले जानकारी दिए । शुक्रवार नेपाली कांग्रेसबाट मेयर पदका प्रत्यासी उम्मेदवार दिलिप राज भण्डारीले २० हजार,डेनमार्कमा रहेका समाजसेवी नवराज कडरीयाले २० हजार,हरिवन चेम्बर अफ कमर्सले १५ हजार ५ सय ५५, समाजसेवी कपलेश्वर प्रसाद गुप्ताले १० हजार २० , समुद्धि बचत तथा रिण सहकारी संस्था हरिवन –११ ले १५ हजार सहयोग गरेका छन् ।

त्यस्तै नेकपाका युवा नेता अर्जुन पन्तले १० हजार,समाजसेवी सरोज उप्रेतिले ५ हजार ५ सय ,भक्तपुरमा रहेका समाजसेवी लक्ष्मी थापाले ५ हजार १ सय ५ रुपैया सहित १ लाख २ हजार कोषमा जम्मा भएको छ ।

हाल सम्म २५ लाख रुपैया जम्मा भईसकेकोले प्रदेश सरकार राहत निर्देशिका अनुसार नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका आर्थिक रुपले विपन्न प्रति परिवारलाई २५ केजी चामल, १ केजी दाल, नुन १ पोका, आलु ३ किलो, खाने तेल १ लिटर, स्वायविन लगायत खाद्यान्न आईतवार देखि वितरण गरिने मेयर प्रसाईले बताए ।

त्यस्तै शुक्रवारनै लालबन्दी नगरपालिकामा रहेका पदम भुुवनेशरी वृद्धाआश्रमा मेयर प्रसाई आफै गई १ सय ५० किलो चामल,५ किलो दाल,५ लिटर तेल,५० किलो आलु,५ किलो नुन,५० पिस माक्स र १२ पिस साबुन राहत स्वरुप प्रदान गरिएको छ ।

लकडाउनबाट आश्रमका वृद्ध वृद्धा प्रभावित भएकोले उक्त राहत सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बिहिबार बाटै लकडाउनबाट अति प्रभावित बालबालिका आश्रम र वृद्ध आश्रमलाई राहत प्रदान गरेको र अन्य प्रभावितलाई आईतवार बाटै राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू