तेस्रो कोरोना संक्रमित सँगै आएका युवकको नमुना परिक्षण नेगेटिभ

संखुवासभा । दुई हप्ताअघि (यूएई) दुबई बाट सङ्खुवासभा आएको एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपालको तेस्रो कोरोना संक्रमित धादिङका युवक सँगै चैनपुर नगरपालिका–११ का ती युवकको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

चैनपुर–११ का ती युवकको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिए । तेस्रो संक्रमित सँगै दुबई बाट आएको चैनपुर–११ का ती युवक र उनको परिवारलाई अहिले पनि होम क्वारेनटाइनमा बस्न स्वास्थ्य कार्यालयले अनुरोध गरेको प्रबक्ता श्रेष्ठले बताए । उनको स्वाब परीक्षण गर्न १७ गते धरान पठाइएको थियो ।

जिल्लामा कोरोना सङक्रमणको महाभारीलाई रोक्न जिल्ला अस्पताल खाँदबारी र मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा १६ वेडको आईसोलेसन र १०६ वेडको क्वारेनटाइन स्थापना गरिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 292 times, 1 visits today)

epaper

ताजा समाचार

युवेन्द्र शाक्य र गङ्गा गौतमको नयाँ गीतले खिच्यो दर्शकको ध्यान