दुई कदमलाई सेन्सरको पिजी सर्टिफिकेट

काठमाडौं । चलचित्र ‘दुई कदम’ सेन्सर पास भएको छ । यो चलचित्र यही शुक्रबारबाट रिलिज हुँदैछ । सोमबार सेन्सर भएको यो चलचित्रले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । आफ्नो चलचित्रलाई अब १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ हेर्नु पर्ने यसका निर्देशक उदय सुब्बाले बताएका छन् ।

‘एक्सन प्रधान भएकाले फिल्ममा केही फाईटका दृष्य पनि छन् । सोही कारण फिल्मले पिजी सर्टिफिकेट पाएको हो ।’ सुब्बाले राजधानीसँग भने ।

यो चलचित्रमा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ । फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानाको पनि अभिनय रहेको छ ।

फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ । अजम्बरी फिल्म्सको ब्यानरमा यो चलचित्र तारादेवी लिम्बूले निर्माण गरेकी हुन् । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ