धुर्कोट क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–०५ वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा संचालन हुने भएको छ । क्याम्पसको संचालक समिति बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने निर्णय गरेको हो ।

हाल क्याम्पसमा कुल नौ वटा कम्युटर रहेका छन् । आगामी पौष ७ गतेबाट बिहान ९ः३० देखि ११ः३० सम्म निःशुल्क कम्युटर शिक्षा संचालन हुने क्याम्पसका उप–प्रध्यापक नरेश भण्डारीले जानकारी दिए । क्याम्पसको आन्तरिक स्रोतबाट कम्युटर शिक्षाको शुल्कलाई व्यवस्थापन गरिने भण्डारीले बताए ।

परमानन्द क्याम्पसले कम्युटर मात्रै होइन, अध्ययन शुल्क पनि कम गराएको छ । जिल्लाका अधिकाशं क्याम्पसहरुमा मासिक शुल्क नै एक हजारसम्म छ । तर परमानन्द क्याम्पसमा विद्यार्थीले एक पटक दुई हजार पाँच सय तिरेपछि चारबर्षे स्नातक अध्ययन गर्न पाउने क्याम्पस प्रमुख ऋषिराम भण्डारीले बताए ।

अहिले क्याम्पसमा कुल तीन सय विद्यार्थी रहेका छन् । गुल्मी, अर्घाखाँची, पाल्पा, बुटबल लगायतका विद्यार्थी क्याम्पसमा भर्ना भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र