कोशीमा यातायात बन्द गराउदै हिड्ने ६ जना पहिचानवादी पक्राउ

इटहरी । पहिचान पक्षधरले गरेको बन्दको आह्वानले कोशी प्रदेशको पहाडी जिल्लामा यातायात अवरुद्ध भएको छ । यसअघि पक्राउ परेको नेता कार्यकर्तालाई छाड्न माग गर्दै पहिचान पक्षधरले बन्द आह्वान गरेका थिए । झापा र सुनसरीमा यातायात बन्द गराउँदै हिंडेका थप ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरानबाट पाँच जना र झापाको केरखाबाट एक जनालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए। इलाका प्रहरी कार्यालय धरान डिएसपी नवराज मल्लका अनुसार अहिलेसम्म धरान भानुचोक बाट ५ जनालाई पक्राउ गरिसकिएको बताए।

समान बोक्ने र साना गाडीहरु निर्वाध रुपमा चलिरहेको र ठूला गाडी मात्र रोकिएको डिएसपी मल्लले बताए। बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर मुख्य चोक ठप्प बनाएका छन् । अहिलेसम्म पक्राउ परेकाहरुमा सुमन चेम्जाङ, शम्भु पृथक राई, हरि वान्तवा राई, सिताराम राई र करुण राई रहेको बताईएको छ । पूर्वमन्त्री गोपाल किरातीसहित ३१ जनालाई पक्राउ गरी प्रहरीले थुनामा राखेको छ ।

पहिचानवादिहरु सडकमा छन् भने ब्यापारीहरु मारमा परेका छन्। पहिचानवादीहरुले कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गर्ने प्रदेश सभाका ८२ सांसद र एमालेका तीन नेताहरू, अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र केन्द्रीय सदस्य महेश बस्नेतलाई पूर्वी पहाड प्रवेशमा अवरोध गर्ने बताउँदै आएका छन्।

कोशी प्रदेशमा घुर्मीबाट सुरु हुने एमालेको यात्रा भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय