सर्वोच्च अदालतमा थप ६ जना न्यायाधीश नियुक्त

काठमाडौ । सर्वोच्च अदालतमा आज थप ६ जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार उनीहरुलाई नियुक्त गरेका हुन् ।

नियुक्त हुनेहरुमा अब्दुल अजिज मुसलमान, सारंगा सुवेदी, सुनील कुमार पोखरेल , महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकाल रहेका छन । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम उनीहरुलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी जनाएको छ ।

न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमा जारी गर्दै यस्तो बताएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा नेपाली कांग्रेस बन्यो पहिलो शक्ति