पाँचथर । कुम्मायक गाउँपालिका–१, यासोकको गैरीगाउँमा बुधबार साँझ छोराले धकेल्दा भित्तामा ठोक्किएका बाबुको मृत्यु भएको छ ।
४५ बर्षीय छोरा घनेन्द्र तामाङले सामान्य विवादको क्रममा ठेल्दा बाबु ८३ बर्षीय चन्द्रमान तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
घनेन्द्रले पैशा माग्दा नदिएपछि बाबुलाई ठेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरले जानकारी दिए । कुँवरका अनुसार मंगलबा पनि छोराहरु घनेन्द्र र देबेन्द्रसँग चन्द्रमानको विवाद भएको थियो ।
चन्द्रमानको मृत्युपछि दुबै छोराहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक कुँवरले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)






