मुगुमा जातीय भेदभावको मुद्दा दर्ता, दुई जना पक्राउ

मुगु । मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबै जनाविरुद्ध आजै जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनलाई नियन्त्रणमा लिइसकिएको जानकारी दिएका छन् । पक्राउ पर्नेमा खनाय गाउँकी झामु शाही र धनप्रसाद भट्ट रहेका छन् ।

जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए। पक्राउ परेकामा एकजना खनैयाँ स्वास्थ्य चौकीकै इन्चार्ज सुरजकुमार शाहीकी आमा रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३