काठमाडौं । नेपाली चलचित्रले नेट्फ्क्सि, प्राईम जस्ता अन्तराष्ट्रिय प्लदेटर्फम पाउनु सहज छैन । तर नेपाली चलचित्र हल्कारा यतिबेला विश्वकै प्रख्यात ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । यो चलचित्रलाई बुधबार बेलुका रिलिज गरिएको निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई युरोप र अमेरिकामा प्रदर्शन गरिहेको बेला ओटिटीबाट पनि रिलिज गरिएको हो ।
९६औँ एकेडेमी अवार्ड (ओस्कार)मा चलचित्र हल्कार नेपालको तर्फबाट पठाईएको छ । ओसकारमा परेका कारण पनि ‘हल्कारा’ लाई प्राईम भिडियो ओटिटीले रिलिज गरेको हो । यो प्लेटफर्ममा फिल्मलाई रेन्ट (१० डलर) र बाइ (१५ डलर) सुविधाअन्तर्गत विश्वभरबाट हेर्न सकिने गरि रिलिज गरिएको पनि निर्माण पक्षको कथन छ ।
यो चलचित्रलाई विक्रम सापकोटाले निर्देशन गरेका हुन् । फिल्म लेखन पनि उनकै छ । फिल्ममा महेश त्रिपाठी, बिनिता थापामगर, दीपक क्षेत्री, रोशनी कार्की, शारदा गिरी, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारीलगायतको अभिनय छ ।।
कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको संयुक्त सहकार्यमा बनेको हो ।यो चलचित्रले ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता र उत्कृष्ट छायाँकारको अवार्ड जितेको छ भने राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरेको छ ।






