दनदनी बलेको आगो यसरी नियन्त्रणमा लिए सशस्त्रका उद्धारकर्ताले

राजविराज । आगलागीले एकपछि अर्काे घर जल्दै थियो । फुसका संरचना भएका मात्र होइन, पक्की घरमा समेत आगो दनदनी पैmलिएको थियो । जसका कारण भागाभाग मच्चिएको थियो ।

आगोले ३÷४ जना घाइते पनि भए । घाइतेको उद्धारसँगै नियन्त्रणमा खटिएका थिए यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझिया सप्तरीका विभिन्न युनिटका सशस्त्र प्रहरीहरू । कोही आगो निभाउन व्यस्त थिए भने कोही उद्धारमा कुदेको कुदै थिए ।

यो काल्पनिक घटनाक्रम र उद्धारको प्रर्दशन मंगलबार शिक्षालयद्वारा सप्तरीको बरमझियामा गरिएको हो । शिक्षालयद्वारा आगलागीबाट हुने क्षति रोक्न तथा सो बेला अपनाउनुपर्ने विधि’bout गत १७ मंसिरेदेखि चलाइएको एकमहिने तालिमको अन्तिम दिन यस्तो सांकेतिक अभ्यास र उद्धारकला प्रर्दशन गरिएको हो ।

साँच्चिकै आगलागीको घटना नै भएजस्तो देखिएको यो दृष्य हेर्न सर्वसाधारणको घँुइचो लागेको थियो । प्राकृतिक तथा मानवीय कमीकमजोरीबाट हुने आगलागी जस्ता विपद्को सामनापूर्व गर्नुपर्ने तयारी तथा विपद् आइसकेपछि हुने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले शिक्षालयमा रहेका विभिन्न युनिटका ४९ जना सशस्त्र प्रहरीलाई कलाकौशलले निपूर्ण बनाइएको सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले बताए ।

जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिबीच शिक्षालयका एकमहिने तालिम प्राप्तकर्ता सशस्त्र प्रहरीले आफ्नो क्षमता र कौशल देखाएका थिए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिमका अन्य कार्य पनि सञ्चालन हुने शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले बताए । उनले प्राकृतिक तथा मानवीय त्रुटिले व्यावहारिक जीवनमा आइपर्ने घटनाक्रमको परिकल्पना गरी त्यस्ता विपद्का बेला न्यूनीकरण, उद्धार र व्यवस्थापनसँगै पूर्वतयारी’bout ज्ञान बाँड्ने उद्देश्यले एकमहिने तालिम चलाइएको बताए । तालिमका सहभागीलार्ई विपद्पूर्व तयारी एवं परिचालन, विपद् प्रतिकार्यमा खोज तथा उद्धार, विपद् जोखिम न्यूनीकरण कार्ययोजनाको कार्यान्वयन, राहत भण्डारण, पीडितका लागि सुरक्षित बासस्थल, मानवीय सहायता’bout ज्ञान प्रदान गरिएको शिक्षालयले जनाएको छ ।

सप्तरी आगलागीका लागि जोखिमयुक्त जिल्लामा पर्ने भएकाले यस्तो तालिम र उद्धारकला प्रदर्शनले विभिन्न विपद् र आगलागीको समयमा मानवीय र भौतिक क्षति न्यूनीकरणका साथै उद्धार गर्न सजिलो र सहज हुने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 554 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरीबन्धुमा सर्वोच्चको रोकपछि लगानीकर्तालाई देखाएर हदबन्दी बढी जग्गा बेच्न पाउने अध्यादेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष