सन् २०२० मा नेपाल सरकारले तेस्रोपटक नेपाल भ्रमण वर्ष मनाउने कार्यक्रम तय गरेको थियो । त्यसअघि प्रथमपटक सन् १९९८ मा ५ लाख विदेशी पर्यटक नेपाल भित्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको थियो भने दोस्रोपटक चाहिँ सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइएको थियो । सन् २०२०’ मा चाहिँ २० लाख विदेशी पर्यटकलाई नेपाल भित्याउने लक्ष्यसहित तेस्रोपटक ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने कार्यक्रम राखिएको थियो । तर, तत्काल चीनबाट पैmलन सुरु भएको कोरोना महामारी विश्वव्यापी रूपमा पैmलिएका कारण सो वर्षको ‘नेपाल भ्रमण वर्ष’ मनाउने कार्यक्रम स्थगित गरियो ।
विदेशी पर्यटकहरूका लागि केही न केही छुट र सहुलियतका प्याकेज ल्याएमा राम्रै हुने देखिन्छ
हुन त हरेक वर्षको नयाँ वर्ष (नेपाली तथा विदेशी नयाँ वर्ष, विभिन्न चाडबाड, उत्सव तथा मेला पर्वहरू आदिको अवसरमा) मुलुकका विभिन्न क्षेत्रका खासगरी पर्यटनसँग सम्बन्धित रहेर व्यवसाय गर्ने ट्रेकिङ एजेन्सी, टुर तथा ट्राभल एजेन्सी, तारे होटेल तथा पर्यटकस्तरीय होटेल, कटेज, सामान्य होटेल, गेस्ट हाउस, होमस्टे, रेस्टुरेन्ट, पब, बार, डिस्को, ड्रिङ्क सेन्टर आदिका साथै ¥याफ्टिङ एजेन्सी, हवाई यातायात कम्पनीलगायत पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायीहरूले नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकलाई अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरू दिने गर्छन् । हुन पनि यस वर्ष नेपाली पर्यटन व्यवसायीहरूका लागि सुखद समाचार के छ भने चार वर्षमा १० लाखभन्दा केही बढी संख्यामा विदेशी पर्यटकको नेपाल भ्रमण भएको छ । त्यो पनि सन् २०२३ को अन्तिम महिना (डिसेम्बर)को दुई दिन बाँकी छदै † नेपाल पर्यटन बोर्ड (एनटीबी)लाई उद्धृत गर्दै नेपालका विभिन्न समाचारमाध्यममा आएको पछिल्लो समाचारनुसार ३० डिसेम्बर २०२३ को बिहानीसम्ममा १० लाख ८ हजार ६ सय १४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।
केही समय अगाडिको कुरा हो । नेपालको पूर्वी पहाडी जिल्लामा अवस्थित इलाम जिल्लाका होटेल व्यवसायीहरूले त्यसबेला गरेको काम सम्भवतः नेपालभरिकै पर्यटन व्यवसायीहरूका लागि अनुकरणीय र मननीय हुनसक्छ । ’cause, उनीहरूले नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा सन् २०१९ को अन्तिम रात बिताउन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा बास बस्न पुगेका विभिन्न मुलुकका पर्यटकलाई मात्र १ रुपैयाँ शुल्क लिएर ‘एक रात बास र दुईछाक खाना’ दिएका थिए । सो कार्यले इलामेली होटेल व्यवसायीहरूका लागि मात्रै नभएर समग्र नेपाल र नेपाली पर्यटन क्षेत्र’bout विश्व पर्यटन बजारमा राम्रो सन्देश गएको थियो र जान्छ पनि । यस्तो कार्य आगामी दिनमा फेरि पनि भएमा हामी सबैले आ–आप्mनो क्षेत्रबाट सक्दो प्रचारप्रसार गर्नुपर्ने हुन्छ ।
सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकलाई इलाम सदरमुकाममा सञ्चालित होटेल मालिकहरूले १ रुपैयाँ शुल्कमा एक रात बास र दुईछाक खाना खुवाएका थिए
हुन पनि त्यसबेला (नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो दिन लाग्ने र सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकहरूलाई) इलाम जिल्लाको सदरमुकाममा सञ्चालित होटेलका मालिकहरूले ‘१ रुपैयाँ शुल्कमा विभिन्न मुलुकका पर्यटकलाई एक रात बास र दुईछाक खाना’ उपलब्ध गराउने कामलाई कम आँक्न हँुदैन । सन् २०१९ को अन्तिम रात बिताउन इलाम बजार पुगेका विभिन्न मुलुकका पर्यटकहरूले यसरी कहिल्यै कल्पना नगरेको फल पछि ‘१ रुपैयाँमा एक रात बास र दुई छाक खाना’ पाएपछि आपूmहरू आश्चर्यमा परेको भनी प्रतिक्रिया जनाएका थिए । सो कुरो विभिन्न सञ्चारमाध्ममा आएको थियो । ती पर्यटकले यस विषयमा आप्mनो मुलुक फर्किएपछि इलामको मात्रै नभएर समग्र नेपालको पर्यटन र नेपाली पर्यटन व्यवसायीहरूका सम्बन्धमा सकारात्मक ढंगले प्रचारप्रसार गर्ने बताएका थिए । यसरी हेर्दा सानो होस्, वा ठूलो, सकारात्मक काम–कुरोले हरेक मान्छेलाई सकारात्मक बनाउँछ भन्ने उदाहरण त्यसबेला इलामका होटेल व्यवसायीहरूको कामले देखाएको थियो ।
अहिले सन् २०२४ सुरु भएको छ । त्यसैले, सायद यस वर्ष पनि नेपालका पर्यटनसँग सम्बन्धित व्यवसायीहरू जस्तै ट्रकिङ एजेन्सी, टुर तथा ट्राभल एजेन्सी, तारे होटेल तथा पर्यटकस्तरीय होटेल, कटेज, सामान्य होटेल, गेस्ट हाउस, होमस्टे, रेस्टुरेन्ट, पब, बार, डिस्को, ड्रिङ्क सेन्टर आदिका साथै ¥याफ्टिङ एजेन्सी, हवाई यातायात कम्पनीलगायत पर्यटन व्यवसायीले सन् २०२४ को पहिलो दिन नेपालमा भ्रमण गर्न आइपुगेका विदेशी पर्यटकलाई अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरू दिएर सरप्राइज देलान् भन्ने आशा गरौं । ’cause, सन् २०१९ को डिसेम्बर अन्तिमताका सुरु भएको कोरोना महामारी (कोभिड–१९) पछि विगत तीन वर्षसम्म नेपाली पर्यटनमा ‘डाउन फल’को अवस्था थियो । संयोग कस्तो भने यस वर्षचाहिँ लगभग सन् २०१९ को हाराहारी (सन् २०२३ मा एक दिन बाँकी रहँदै १० लाख ८ हजार विदेशी पर्यटकहरू आइसकेका छन्) कै संख्यामा पुग्दै छ । त्यसैले, यस वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यालाई हामीले राम्रो मान्नुपर्ने हुन्छ, राम्रो भन्न सकिन्छ ।
त्यसो त सन् २०२० को नयाँ वर्षको अवसरमा नेपाली टुर तथा ट्राभल एजेन्सीहरूको संस्था ‘नाट्टा’ले आप्mना ग्राहकहरूलाई १० प्रतिशत छुट दिएको थियो । त्यस्तै उसबेला नेपालका ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) ले आप्mना ग्राहकहरूलाई ट्रेकिङ जाँदा २० प्रतिशत छुट दिएको थियो । त्यस्तै, होटेल र होम स्टेहरूले पनि आप्mना ग्राहकहरूलाई बेडमा ३० प्रतिशत र खानामा १५ प्रतिशतसम्म छुट दिएका थिए । त्यसैले गर्दा यस वर्ष पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकमध्ये नयाँ वर्षको पहिलो दिन नेपाल आइपुग्ने विदेशी पर्यटकलाई नेपाली पर्यटन व्यवसायीहरूले विभिन्न खालका छुट दिनसके धेरै राम्रो हुने थियो । ’cause, नयाँ वर्षको दिन नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई त्यसरी केही छुट वा सहुलियत दिइएमा सो कार्यले समग्र नेपालको पर्यटन व्यवसाय र नेपालप्रति नै विदेशी पर्यटकहरूले सकारात्मक धारणा बनाउने थिए ।
त्यसैले उसबेला (नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो दिन लाग्ने र सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकहरूलाई) इलाम जिल्लाको सदरमुकाममा सञ्चालित होटेलका मालिकहरूले जसरी १ रुपैयाँ शुल्कमा विदेशी पर्यटकहरूलाई ‘एक रात बास र दुईछाक खाना’ उपलब्ध गराएका थिए, अहिले ठ्याक्कै त्यसै गर्न नसके तापनि सन् २०२४ निश्चित समयमा नेपाल आउने विदेशी पर्यटकहरूका लागि केही न केही छुट र सहुलियतका प्याकेज ल्याएमा राम्रै हुने देखिन्छ ।






