मिसेस वल्ड सहभागी हुन अमेरिका उडिन पृथ्वीया

काठमाडौं । विश्वभरीका विवाहित महिलाहरुको सबै भन्दा ठुलो सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड’ सोमबारबाट अमेरिकाको लस भेगासमा सुरु हुँदैछ । मिसेस वल्र्डमा विश्वका ५७ मुलुकका मिसेस विजेताहरु सहभागी भएका छन् । सोही प्रतियोगितामा नेपालबाट मिसेस वल्र्ड नेपाल २०२३ पृथ्वीया थापा सहभागी हुँदैछिन् ।

मिसेस वल्र्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न उनी अमेरिकातर्पm लागेकी छन्् । अमेरिका जानु अघि उनले सञ्चारकर्मीसँग सँक्षिप्त कुराकानी गर्दै आफु पूर्ण तयारीका साथ यो प्रतियोगितामा जान सहभागी भएको बताईन्,‘यो प्रतियोगितामा सहभागी हुनको लागि करिब दुई महिनाको तयारी पछि म अमेरिका उड्दैछु । गत वर्षबाट नेपालले मिसेस वल्र्डमा भाग लिएको भए पनि यसपटक मैले केही उपाधि ल्याउने तयारीका साथ कार्यक्रममा सहभागी हुँदैछु ।’

आफ्नो प्रस्तुति’bout उनले भनिन्,‘त्यहाँ नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले पत्रकारहरुसँग कुराकानी गर्दै भनिन्, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु।’

शनिबार राती अमेरिकातर्पm लागेकी उनी आईतबार रातीबाटै सो प्रतियोगितामा सहभागी हुँदैछिन् । उनलाई मिसेस वल्र्ड नेपालको आयोजक संस्थाको समूहले त्रिभुवन विमानास्थलमा पुगेर विदाई गरेको थियो ।

पृथ्वीयाले विश्वका ५७ देशका विवाहित सुन्दरीको सहभागिता रहने प्रतियोगिताको नेसनल कष्ट्युम राउण्डमा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना प्रदर्शन गर्नेछिन्। उनले नेपालको हस्तकलाको सामाग्री, काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताइन्। पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन्।

यसअघि मिसेस वल्र्ड नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले शुक्रबार राजधानीको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा पत्रकार सम्मेलन गरी पृथ्वीयालाई सफलताको शुभकामना दिँदै बिदाई गरेको थियो । आयोजनक रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा उनलाई जिताउन भोटको पनि त्यत्तिकै महत्व भएकाले मिसेस वल्र्डको सूचीमा गएर पृथ्वीयालाई अनलाईन भोटिङ गर्न आग्रह गरेका छन् । मिसेस वल्र्ड नेपालका नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान