विश्व नेपालीसँग यम बरालको साथी

काठमाडौँ । लामो समयपछि गायक यम बराल आफ्नो स्वरमा नयाँ गीत लिएर श्रोतामाझ आएका छन् । उनले नयाँ गीत साथी…बजारमा ल्याएका हुन् । यो गीतमा उनलाई युगल स्वरमा विश्व नेपालीले साथ दिएका छन् ।

गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको संगीत र संगीत संयोजना, विप्लव अधिकारीको रेकर्डिङ र मिक्सिङ रहेको छ ।

यो गीतको भिडियोलाई काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । अग्रज अभिनेता रविन्द्र खड्कासहित विभिन्न कलाकारले यो गीतलाई लोकार्पण गरेका हुन् ।

गायक यम बरालले कार्यक्रममा बोल्दै आफु बिदेशमा हुँदा समकक्षी कलाकार साथीहरुलाई खुबै सम्झने गरेको बताए । गायक विश्व नेपाली उमेरले भाइ भए पनि यो गीतले आफुलाई साथी बनाएको उनले जिकिर गरे । साथीहरुको सम्बन्धलाई पुष्टी गर्न यो गीत उपयोगी हुने उनको कथन थियो ।

यो गीतमा साथीको सम्बन्ध देखाईएको छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीले साथी साथीको रुपमा अभिनय गरेका छन् । बाल्यकालदेखि बयस्कसम्मको उनीहरुको साथीको सम्बन्धमा भिडियो केन्द्रित छ । यो गीतको भिडियोमा अभिनय गर्दा आफुलाई बाल्यलदेखि अहिलेसम्मका धेरै साथीहरुको झलझली याद आएको अभिनेता सन्जीत भण्डारीले कार्यक्रममा बताए ।

यो भिडियो कुवेर तामाङको निर्देशनमा तयार भएको हो । जसमा मेग सुवेदीको अबधारण, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ