राउटे बालिकाको मृत्यु

दैलेख । गएको बिहीबार राती राउटे समुदायमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिबहादुर शाहीकी १२ बर्षिया छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिना अघिदेखि बिराममीले थलिएकी थिइन । उपचार अभावले उनको मृत्यु भएको बताइएको छ ।

उनी एक महिनादेखि बिरामी थिइन ।आँखा पहिलो थियो, सन्चो थिएन । हामीले खानपिनमा ध्यान दिनु भनेका थियौ ।औषधि खाँदा बिराम सन्चो हुँदै गएको थियो । माघे संक्रातिमा खानापिन गर्दा बिरामी च्याप्यो । गए राति मृत्यु भयो । हामी बिहाना ७ बजे बस्तीमा जाँदा मृत्यु भएको जानकरी दिएको राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्री बताए ।

मान्छेको मृत्यु हुने बित्तिकै बसाई सर्नुपर्ने यो समुदायको परम्परा छ । भैरबी गाउँपालिका–४ को गडजिउलामा बस्दै आएका राउटे आजै नै मृतकको दाहसंस्कार गरी चामुन्डाबिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सारेका छन् ।

दुई बर्ष यतादेखि राउटे जनसंख्या घटदै गएको छ । केही महिना अघि दिपक शाहिकी श्रमतिमा यस्तै लक्ष्ण देखिएर मृत्यु भएको थियो । अब राउटे समुदायमा १३७ संख्यामा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

दिपक भट्टको कम्पनीमा श्रीमतीको सेयर रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक ठाकुरद्वारा स्वीकार