८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार पौडेलसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी)को खरिद गर्दा आवश्यकता र औचित्य नै नभएको अवस्थामा सार्वजनिक खरिदविपरीत सामान खरिद गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको हो । पौडेलका साथै तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवनकुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर भएको छ ।

औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको, सामान खरिदपश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

खरिद गरिएको सामग्रीमध्ये १६० केडब्लू भीएफडी प्यानल पार्ट ‘ए’ प्राप्त गरेको छ वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको उल्लेख गरिएको छ । यसरी उनीहरूले २२ लाख ७८ हजार ३०५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोहीबराबरको बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको छ । सोहीबराबरको जरिमाना तथा कैदसमेत माग गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ