सपनाको पनामा नहर

संसार प्राकृतिक छ । प्रकृतिले सबै कुरा बनाउने र भत्काउने गरिरहेकी छन्, पनि । तर, कुरा यतिमा मात्र सीमित रहिरहँदैन । मानिसले पनि आफ्नो केही दूरदर्शी सोच र योगदानले प्रकृतिमाथि प्रभाव पारिरहेको छ । मानव निर्मित यस्ता कुरा छन्, जो प्रकृतिसरह सादृश छन् ।

पनामा नहर यसको एउटा ज्वलन्त उदाहरण हो । जसले समुद्रको पानी महादेशमा वारपार गराएको छ । चीनको ग्रेटवाल प्रकृतिले बनाएसरह चन्द्रमाबाट स्पष्ट अंकित हुने गर्छ । सन् १९१४ मा पनामा नहर खुलेपछि विश्व व्यापारमा अर्को युग सुरु भयो । उत्तर तथा दक्षिण अमेरिका जोड्ने गणतन्त्र पनामा देशस्थित साँघुरो घाँटीमार्फत यस सपनाको नहर जोडिएको थियो ।

यसले भवसागरका रूपमा रहेका आन्ध्र महासागर र प्रशान्त महासागर जोडेको छ । अहिले विश्व व्यापारको ‘लाइफलाइन’ बनिरहेको छ । यो पनामा नहर निर्माणको सपना विवाद र आशंकाले भरिएको थियो, निर्माणपूर्व । आशंकाकै बीच निर्मित यो नहर निर्माण भई उद्घाटन हुँदा सबै आश्चर्यचकित भएका थिए । उद्घाटनसँगै पहिलो यात्राको अवसर ‘एसएस एन्कन’ पानीजहाजले पाएको थियो । यसले आन्ध्र–प्रशान्त महासागरीय ऐतिहासिक महायात्रा सफलतापूर्वक सम्पन्न गरेको थियो ।

यो नहर ८० किलोमिटर लामो छ । यो नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । शक्ति राष्ट्रहरूको लगानीमा निर्मित यो नहरले दशकौं बढी समय लिएको थियो । कामको ठेक्का लिएको फ्रान्सेली कम्पनीले सन् १८८२ जनवारीमा काम सुरु गरे पनि असम्भवजस्तो देखिन थालेपछि सन् १९०४ मे महिनामा अमेरिकी कम्पनीले काम अघि बढाएको थियो ।

यो नहर बलिदानको नहर पनि हो । कामदारले यहाँ जीवन बलिदान गरेका छन् । नहर निर्माणका क्रममा २५ हजार ६ सय कामदारले आफ्नो जीवन बलिदान गरेका छन् । विस्फोटक र धुवाँधुलो तथा पानीमा काम गर्ने मजदुर उच्च ज्वरोको महामारीमा परेका थिए । धेरैजसोको मृत्यु त ज्वरोको कारण हुन गएको थियो । मलेरिया संक्रमण मृत्युको अर्को कारण थियो ।

यसमा निर्माण कम्पनी सचेत हुन नसकेको देखिन्छ । नहर निर्माणमा देखिएको अमेरिकी चासो आफैंमा व्यापारसँग जोडिएको थियो । तात्कालीन अमेरिकी राष्ट्रपति थियोडोर रुजबेल्ट नहर निरीक्षणका लागि सन् १९०६ मा पनामाको भ्रमणमा निस्किएका थिए । रुजबेल्ट पनामा नहर निरीक्षण भ्रमणमा जाने पहिलो उच्च पदस्थ व्यक्ति थिए । नहर निर्माण र सञ्चालनपछि संयुक्त राज्य अमेरिकाको पूर्वी र पश्चिमी तटबीचको दूरी अहिले १२ हजार ८ सय ७५ किलोमिटरले कमी भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन