Friday, June 5, 2020
Home बिचार इटालीको गल्ती नेपालका लागि पाठ

इटालीको गल्ती नेपालका लागि पाठ

चीनको वुहानबाट प्रारम्भ भएको कोरोना प्रकोप केही समय विश्व जगत्ले थाहा नै पाएन । चीनले आन्तरिक रूपमा सूचना सम्प्रेषण नै नगरी नियन्त्रण गर्न लागि प-यो । यसबाट अन्य देशले चीनका नागरिक र उक्त देशबाट आउने जो कोही व्यक्ति एवं सरसामानमाथि प्रतिबन्ध लगाई आजको जस्तो पूर्वसावधानी लिने अवसर पाएन । जब प्रकोप सतहमा आयो, संसारभरका देशहरू अत्याधिक सतर्क हुन थाले । यस क्रममा सम्पन्न र विकसित देश पनि अत्यन्त बढी सतर्क बन्दै गर्दा सबै प्रकारका आर्थिक क्रियाकलाप बन्द गर्ने स्थितिमा पुगे । मानिस क्रमशः क्वारेन्टाइनमा बस्न थाले । आवागमन बन्द हुँदै गयो । हरेक देश आफ्ना नागरिकलाई यसबाट बचाउने उपायको खोजीमा युद्धस्तरमा लागिपरेका छन् । संयुक्त राज्य अमेरिकाले आफ्ना नगरिकलाई संक्रमण भएको सन्देह भएमा अनिवार्य रूपमा अस्पताल वा घरैमा सम्पर्कविहीन भएर बस्नु पर्ने, आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गर्नेदेखि लिएर यसबाट विभिन्न हिसाबले पीडित भएकालाई राष्ट्रको कोषबाट एक खर्ब डलर क्षतिपूर्ति गर्नेसम्मका कार्य गरिरहेको छ ।

पूर्वसावधानीका लागि बेल्जियमले विशेष व्यवस्था गरेको छ । यो देशले कुनै काम नगरी अनिवार्य रूपमा पृथक वा सर्वसाधारणसँग सम्पर्कबाहिर रही आफ्नो पेसा अवलम्बन गर्न नपाएका, अरूलाई यो रोग नसार्न सहयोग गर्नेलाई प्रतिपरिवार मासिक १६००, आफ्नो पसल बन्द गर्नेलाई ३ हजार ५०० युरो मासिक रूपमा प्रदान गर्ने, विद्यालय, कलेज, विश्वविद्यालय, रेस्टुरेन्ट, डिस्कोबार, सिनेमा हल बन्द गर्ने तर औषधि पसल र खाद्यान्न पसल भने खुला राख्ने, बाँकी पसल सप्ताहको अन्त्यमा मात्र खोल्न पाउने, विदेशवाट घर फर्किने आफ्ना नागरिकलाई भाडा तिरी दिनेजस्ता प्रबन्ध मिलाई यो महामारीबाट बच्न युद्धस्तरमा तयारी गरिराखेको छ । समान्यतया साबुन पानीले हात धुने, खोक्दा र हाच्छ्युँ गर्दा मुख छोप्ने, संक्रमणको आशंका भएकाले अन्य मानिससँग सम्पर्कमा नआई अलग रही १४ दिनसम्म चिकित्सकले तोकेअनुसारको स्थानमा बस्नेलगायतका प्राथमिक अवस्थामा सतर्कता अपनाउनु पर्ने गरी सचेत बनाएका छन् । धेरै मात्रामा संक्रमित भएका मुलुकमा प्रायः कोरोना संकटकालजस्तै देखिएको अवस्था छ ।

इटली समयमै सतर्कता नअपनाउँदा कोभिड–१९ बाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देशको पहिचान बनाउन बाध्य छ

विश्व मानचित्रमा इटाली यस्तो देश बनेको छ, जसले यथासमयमा सतर्कता नअपनाउँदा कोभिड–१९ बाट सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देशको पहिचान बनाउन बाध्य छ । यसले सुरुमा यो रोगलाई अत्यन्त कम महŒव दियो । इटालीमा फैलिन नसक्ने र फैलिए पनि सहजै नियन्त्रणमा राख्न सकिने सामान्य रुघाखोकीका रूपमा लिँदै गयो । यसै कारणले गर्दा चीनको बुहानबाट आएका आफ्ना नागरिक र चीनबाट इटाली आउने पर्यटकलाई आवागमनमा बन्देज लगाउन जरुरी नै देखेन । चीनमा देखिएको यो खतरनाक भाइरसले धेरै चिनियाँ नागरिकको ज्यान गइसकेको समाचार प्रसारण हुँदा पनि चीनको कोरोनाको स्रोत सहरका रूपमा रहेको वुहानबाट समेत चिनियाँ नागरिकको आवागमन निर्वाध रूपमा हुँदै गयो । डिसेम्बरको अन्त्यतिरबाट चीनमा फैलिएको यो प्रकोपले गम्भीर अवस्था बनाई सक्दासम्म पनि इटालीमा कुनै सतर्कता देखिएन । चीनमा संक्रमण प्रारम्भ भएको करिब एक महिनापछि चीनबाट आएका दुई जना चिनियाँ र चीनको बुहानबाट आएका एक इटालियन नागरिकमा कोरोना भाइरस पोजिटिभ देखिएपछि सामान्य सतर्कता प्रारम्भ गरेको थियो ।

अन्य देशको जस्तो ठूलो सतर्कता प्रारम्भमा इटालीमा देखिएन । यसैको फलस्वरूप हालका दिनसम्म आइपुग्दा दैनिक नौ सयभन्दा बढी संक्रमित मृत्युवरण गर्न बाध्य भइराखेका छन् । संक्रमितहरूको संख्या ज्यामितीय अनुपातमा वृद्धि भइरहेको छ । यहाँ यो संक्रमण नियन्त्रणमा आउने भरपर्दो सम्भावना देखिएको छैन । यत्तिखेर धेरै प्रभावित भएका देश संयुक्त राज्य अमेरिका, इटाली र स्पेन हुन् । ३१ मार्च २०२० को आँकडा अध्ययन गर्ने हो भने यी देशमध्ये अमेरिकामा एक लाख ८८ हजार ५७८ संक्रमित भई तीन हजार ८९१ जनाको मृत्यु भएको छ । यो संख्या इटालीमा क्रमशः एक लाख पाँच हजार ७९२ र १२ हजार ४२८ छ । सामान्यतया यो संख्या हेर्दा मृत्यु हुनेहरूमा सबैभन्दा माथि भए पनि संक्रमितहरूको संख्या हेर्दा दोस्रो वारियातमा इटाली देखिन्छ, तर जनसंख्या हेर्दा अमेरिकामा साढे तेत्तीस करोड र इटालीमा साढे छ करोड मात्र छ, यसको संक्रमित अनुपात अमेरिका र इटालीमा क्रमस ०.०५७ र ०.१७ छ । मृत्यु हुनेतर्फ यो अनुपात क्रमशः ०.००११ र ०.०२० देखिएको छ । तुलनात्मक रूपमा क्षेत्रफल र जनसंख्या दुवैको हिसाबले विश्लेषण गर्दा इटालीको यो अवस्था विश्वमै सबैभन्दा बढी भयावह हो ।

इटालीमा यो अवस्था आउनुमा केही कारण छन् । यो संक्रमणलाई अत्यन्त गौण मान्नु र ठूलो लापरबाही यसका प्रमुख कारण हुन् । सरकारले सतर्कता अपनाउन सबैलाई अनुरोध गर्दा यहाँका जनताले यसलाई पूर्णरूपमा पालना गरेनन् । सबै कलकारखाना बन्द गरिँदा पनि व्यक्तिगत सुरक्षा सामग्री उत्पादन गर्न सरकारले अनुमति दिई केही उत्पादन गरे तापनि यसको गुणस्तरमा प्रश्न राखी अस्पतालले अस्वीकार गरिदिए । सर्जिकल माक्सकको उत्पादन हुँदा पनि चिकित्सकले प्रयोगमा ल्याएनन् । सरकारको अनुरोधको पटकपटक बेवास्ता हुँदै गयो । चर्चमा जमघट रोकिएन । सरकारी प्रयासको बेवास्ता गर्दै बरन्डामा निस्किएर समूहगान र संगीतिक कार्यक्रम सामान्य हुँदै गयो । १३ मार्चको ६ बजे बेलुका सबै इटालियनले राष्ट्रिय गान गाए । देशभर तीन अप्रिलसम्म सबै विद्यालय बन्द गर्ने सरकारी निर्णय पनि आंशिक रूपमा मात्र कार्यान्वयन भयो । मदिना सहरमा अवस्थित कारागारमा भएको भिडन्तमा ६ जना कैदीको मृत्यु भयो । सञ्चार माध्यम पनि सरकारको विरोधमा उत्रिए ।

सकारात्मक अवस्थाबाट देशलाई निरन्तरता दिन सरकार विशेष गम्भीर हुनु र सरकारले गरेको अनुरोधलाई स्वीकार गरी घरभित्रै रहनु नै नेपालीका लागि उत्तम उपाय हो

स्यानिटाइजर बनाउनेदेखि सर्जिकल माक्स र पीपीई बनाउने कारखानाले काम गरिरहे, यी सबै क्रियाकलापबाट मानिसका बीच भौतिक दूरी रहेन । जमघट बढ्दै गयो । परिणामस्वरूप संक्रमण तीव्र गतिमा वृद्धि भई सय जना जति चिकित्सकसमेतको ज्यान गयो । यसले गर्दा चिकित्सकहरूमा बिरामीको उपचारमा खटिन त्रासदी उत्पन्न भयो । चीनमा यती ठूलो संक्रमण हुँदा गम्भीर नहुनु, सरकारी निर्णयको पटकपटक अवज्ञा हुनु, राजनीतिज्ञले आपसमा हात मिलाउने कामलाई निरन्तरता दिनु, क्वारेन्टाइनमा राखिएका सुरक्षित क्षेत्रतर्फ भागी थप संक्रमण फैलाउनु, संक्रमितको आग्रहलाई स्वीकार गरी अंकमाल गर्नु, चुम्बन गर्नुलाई निरन्तरता दिए । यसको गम्भीरतालाई वैज्ञानिकले यथासमयमा नियन्त्रणमा लिन गरेको आग्रहलाई सरकारले धेरैपछि मात्र स्वीकार गर्नु, नियन्त्रणका उपाय आंशिक रूपमा मात्र कार्यान्वयनमा ल्याउनु, परीक्षण गर्ने उपकरण पनि आवश्यकताअनुसार उपलब्ध नहुनुले पनि थप नकारात्मक भूमिका निभाए । अनिश्चितताका बारेमा कुनै विकल्प दिन नसक्नु, समग्र जनशक्तिको उपचारका क्रममा उपयोग र समन्वय राम्ररी गर्न नसक्नुलाई यसका प्रमुख कारणका रूपमा लिनुपर्छ ।

इटालीको पहिचान युरोपमा वृद्धवृद्धाको देशका रूपमा स्थापित भएको छ । यहाँका २३ प्रतिशत जनसंख्या ६५ वर्षभन्दा माथिका छन् । मेडियन उमेर संयुक्त राज्य अमेरिकामा ३८.६ हुँदा यहाँ ४७.३ रहेको छ । मर्नेहरूमा अधिकांश ८० र ९० वर्षका देखिएका छन् । यो समूहका मानिसमा सुगर, किड्नी, रक्तचाप आदिको समस्या बढी भई रोगनिरोधक शक्ति कम हुने स्वतः सिद्ध छ । यी सबै कारणले गर्दा इटालीको सरकारीतन्त्रलाई भाइरसले धेरै पछि धकेली दिएको छ ।

इटालीका यस्ता केही लक्षण हामी नेपालीसँग पनि देखिएका छन् । लक्डाउन उल्लंघन गर्ने देखिँदै छन् । चिकित्सकले आफू असुरक्षित रहेको मनोविज्ञान पालेका छन् । क्वारेन्टाइनमा बसेकाहरू बस्न इन्कार गरी भागेका छन् । पर्याप्त मात्रामा परीक्षण उपकरणको अभाव हामीसँग छँदै छ, चिकित्सकलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई पनि पुगेको अवस्था छैन । सवारी अनुमति लिई विभिन्न स्थानमा जानेसमेत देखिएका छन् । पासको दुरूपयोग भएकै छ । अरू देशले विदेशमा रहेका आफ्ना नागरिकलाई बाटो खर्च समेत दिई स्वदेशमा स्वागत गरी परीक्षण गर्ने र यदि संक्रमण देखिएमा शीघ्र उपचार गरेका छन् । हामी आफ्ना नागरिकलाई आफ्नै देशभित्र प्रवेश निषेध गरेका छौं । प्रवेश बिन्दुमा नाराबाजी गर्न विवश बनाएको स्थिति छ । स्वदेश फर्किएकाको राम्ररी परीक्षण गरी उपचार भएको अवस्था पनि देखिँदैन । पर्याप्त मात्रामा क्वारेन्टाइन पनि तयार भएका छैनन् ।

अत्यावश्यक उपभोग्य सामग्रीको सहज आपूर्ति गर्न सक्ने प्रभावकारी व्यवस्थापन गर्न सरकार सफल हुने लक्षण पनि देखिँदैन । यी सबै कारणले गर्दा नेपालमा जुन रफ्तारमा यसको रोकथामका लागि प्रयास हुनुपर्ने हो सो हुन नसकेको अवस्थालाई हामीले स्वीकार्नुपर्छ । हामीले सन्तोष गर्नुपर्ने अवस्था अहिलेसम्म के हो भने हालसम्म २०२ देशमा संक्रमण हुँदासमेत नेपालमा यो अवस्था भयावह देखिएको छैन, संक्रमण कम हुने १० देशभित्र नेपाल रहेको छ । अथवा संक्रमण भएका सूची हेर्दा प्रायः सबै देशमा रातो चिह्न अंकित हुँदा नेपाल भने निलो चिह्न अथवा संक्रमण खासै नभएको देशमा अंकित छ । अस्पतालमा उपचार गराइराखेका पाँच जनामध्ये एक जना स्वस्थ भई घर फर्किएको र चार जना उपचाररत छन् । यी पाँचै जना विदेशबाट आएका नेपाली हुन् । यो सकारात्मक अवस्थाबाट देशलाई निरन्तरता दिन सरकार विशेष गम्भीर हुनुपर्ने र नेपाली पनि सरकारले गरेको अनुरोधलाई स्वीकार गरी घरभित्रै रहनु नै हालको अवस्थामा उत्तम उपाय हो । अन्यथा इटालीको नियति हामी नेपालीले पनि भोग्नुपर्ने स्थिति हुन सक्छ । यथासमयमा सजग बन्नु जरूरी छ ।

(Visited 340 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

भर्खरै

क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

डडेल्धुरा । मंगलबार राति क्वारेनटाइनमा मृत्यु भएकी गन्यापधुरा गाउँपालिका २ बडालकी ३० वर्षीय सविता विकको कोराना परिक्षण नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको...

सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमण...

बाबुछोराको कुटाईबाट दाङमा इन्सपेक्टर घाइते

तुलसीपुर । ईलाका प्रहरी कर्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षकमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–६ पंचकुले...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

धेरै पढिएका

क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

डडेल्धुरा । मंगलबार राति क्वारेनटाइनमा मृत्यु भएकी गन्यापधुरा गाउँपालिका २ बडालकी ३० वर्षीय सविता विकको कोराना परिक्षण नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको...

सिन्धुलीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली । सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमण...

बाबुछोराको कुटाईबाट दाङमा इन्सपेक्टर घाइते

तुलसीपुर । ईलाका प्रहरी कर्यालय खिलतपुरका इन्चार्ज तथा प्रहरी निरीक्षकमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका–६ पंचकुले...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

ई-पेपर

(Visited 35 times, 1 visits today)