
केही दिनअघि एउटा समाचार सार्वजनिक भयो । अपदस्थ राजा ज्ञानेन्द्रले केही व्यक्तिहरूसँग भेटेछन् । त्यसो त यस आलेखको सुरुवाती शैलीसँगै कतिपयलाई आपत्ति हुने सम्भावना छ । अपदस्थ राजा भनिएकामा कतिपयलाई अप्ठ्यारो होला, राजभक्ति जाग्ला र क्रोधाग्नि दन्किएला ! अनि केहीलाई त राजाले भेटेछन् भन्ने शब्दावलीप्रति पनि चरम आपत्ति हुनसक्छ । राजा ‘पूर्व’ हुँदैनन् भन्ने स्याल हुइयाँ सुनिन्छ । त्यसो भएको हुँदा ‘पूर्व’ नभनी ‘अपदस्थ’ भनिएको हो । पूर्व भन्न नमिले पनि उनी पदमा नरहेको त हुँदै हो । त्यसैकारण ‘अपदस्थ’ भनिएको हो । स्वयं आफूले कुनै व्यक्तिसँग दर्शनभेट नगरेको हुँदा त्यो शब्द प्रयोग गर्न मन लागेन र ‘भेटेको’ भन्दै छु । भूलचुक लिने दिने !
ज्ञानेन्द्र शाहले भेटेका चार–पाँच जना मानिसहरू सबैजसो ‘माननीय’ थिए । ती महानुभावहरू सबै नै पूर्वपञ्च वा पञ्चका उत्तराधिकारी थिए । भेटघाटका क्रममा अपदस्थ राजाले ती सबैलाई ‘तिमी’ भनेर सम्बोधन गरेछन् । झट्ट हेर्दा यो समाचार कुनै जनचासोको विषय बन्नु नपर्ने हो । कुनै बन्द कोठामा कोही कसैले कसैलाई दासानुकूल व्यवहार गरोस् वा जेसुकै गरोस्, त्यो अरूका लागि चासोको विषय होइन । सम्बन्धितले गुनासो गरेको भए बेग्लै कुरा हो । अलि पुरानो एउटा प्रसंग सम्झना भयो र उल्लेख गर्दै छु । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नारा दिएर बीपी कोइराला नेपाल आउनुभयो । नेपाल आगमनको लगत्तै उहाँलाई विमानस्थलबाटै गिरफ्तार गरियो र उहाँका लागि चीरपरिचित सुन्दरीजल बन्दीगृहमा राखियो । केही समयपश्चात् राजनीतिक कारणले हो वा बीपी स्वास्थ्यमा देखिएको जटिलताका कारण सिर्जित दबाबले होस्, तत्कालीन राजाले वीपीसँग भेटे । त्यो बीपीको राजाका रूपमा वीरेन्द्रसँगको पहिलो भेटघाट थियो । त्यस भेटको विवरण आफैंमा अत्यन्तै चाखलाग्दो छ । त्यसका ’boutमा पछि कुनैबेला लेख्ने कोसिस गर्नेछु ।
ज्ञानेन्द्र शाहले भेटेका चार–पाँच जना मानिसहरू सबैजसो ‘माननीय’ थिए । ती महानुभावहरू सबै नै पूर्वपञ्च वा पञ्चका उत्तराधिकारी थिए । भेटघाटका क्रममा अपदस्थ राजाले ती सबैलाई ‘तिमी’ भनेर सम्बोधन गरेछन
ुनैबेला लेख्ने कोसिस गर्नेछु । वीरेन्द्रसँग भेट गरेर फर्किनेबित्तिकै बन्दी अवस्थामै रहनुभएका गणेशमान सिंहले भेटका ’boutमा जानकारी माग्नु स्वाभाविक थियो । तर, गणेशमानजीले कुनै कुरा नसोधी पहिलो प्रश्न नै यस्तो गर्नुभएछ, ‘त्यसले (राजाले) तपाईंलाई के भनेर सम्बोधन ग¥यो ? तिमी भन्यो कि तपाईं भन्यो ?’ बीपीले जवाफ दिनुभएछ, ‘तिमी भन्यो नि गणेशमानजी !’ गणेशमानजी एकैपटक कड्किनुभयो, ‘तपाईंले झपार्नुभएन त ? त्यसको बाउ र बाजेले समेत तपाईं भन्थ्यो !’ बीपीले अत्यन्तै शान्तभावले जवाफ दिनुभयो, ‘छोड्नोस् गणेशमानजी ! म डेढ करोड नेपालीलाई ‘तपाईं’ भनाउन गएको । मेरो के कुरा भो र !’
वास्तवमै रमाइलो छ । दुवै प्रसंग राजाको जनतासँग भेटघाटकै हो । एउटा गद्दिनसीन राजाको नेपाली नागरिकसँगको भेटको कुरो छ भने अर्को प्रसंग अपदस्थ राजाको नागरिकहरूसँग भेटघाटको हो । दुवैमा राजा भनाउँदाले नागरिकलाई ‘तिमी’ भनेर सम्बोधन गरेछन् । दुवै भेटघाटमा संलग्न नागरिकहरूले गुनासो गरेका छैनन् । तर, अलि गहिरिएर हेर्ने र सोच्ने हो भने यी दुई भेटघाटमा तात्विक अन्तर देखिन्छ । बीपी कोइराला आफूलाई तिमी भनेर सम्बोधन गरिएकामा वास्ता गर्नुहुन्न र भन्नुहुन्छ, ‘म डेढ करोड नेपाली तपाईं भनाउन गएको ।’ उहाँ आफूलाई तिमी भनेकामा भन्दा आमनेपालीलाई ‘तपाईं’ नभनेकामा चिन्तित हुनुभयो । तर, अपदस्थ राजालाई भेट्ने पूर्वपञ्चहरू आफूहरूलाई ‘तिमी’ भनिएकामा वास्तवमा खुसी भएको प्रतीत हुन्छ ।
यहाँनेर म चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष सर्वशक्तिमान माओसँग सम्बन्धित दुई प्रसंगको उल्लेख गर्न चाहन्छु । माओको निजी चिकित्सकका रूपमा २०औं वर्ष सेवा दिएका डा. झी सुई लीले आफ्नो पुस्तक ‘प्राइभेट लाइफ अफ चेयरम्यान माओ’मा यी दुई प्रसंग उल्लेख गरेका छन् । कुनैबेला अध्यक्ष माओले कुनै एक नागरिकसँग हात मिलाएछन् । ती व्यक्तिले जीवनभर हात धोएनछन् । ती चिनियाँ किसानले अध्यक्ष माओको स्पर्श जीवनभर सुरक्षित राख्न चाहेछन् र हात नधोएका रहेछन् । अर्को एउटा अझै अनौठो प्रसंग छ । माओ अत्यन्तै कामूक व्यक्ति थिए । उनलाई नित्य नयाँनयाँ सुन्दरी बालाहरू चाहिन्थ्यो । माओले यात्रा गर्ने रेलमा समेत सांस्कृतिक समूहका लागि छानिएका भनिने ग्रामीण नवयौवनाहरू भरिएका हुन्थे । माओ ती बालाहरूसँग रतिरागको आनन्द लिन्थे । तर, माओ कुनै गुप्त यौनरोगबाट ग्रस्त थिए । माओले आफ्नो त्यो रोग संसर्गमा आएका सबै युवतीहरूमा सार्दथे । त्यो रोग आफैंमा अनौठो थियो । त्यो रोग पुरुषमा हुन्थ्यो, तर सुषुप्त रहन्थ्यो । अर्थात् माओलाई त्यस रोगले कुनै पीडा वा कष्ट हुँदैनथ्यो । तर, माओबाट संक्रमित युवतीहरूलाई भने असह्य पीडा हुन्थ्यो । माओको संसर्गमा आउने अधिकांश संक्रमित युवतीहरू उपचारका लागि डा. ली कहाँ आउँथे । तर, ती युवतीहरू कहिल्यै गुनासो गर्दैनथे । उल्टो खुसी देखिन्थे । प्रायः सबैले माओबाट संक्रमित हुन पाउनुलाई गौरवको विषय मान्दथे । त्यो रोग उनीहरूका लागि ‘ब्याड्ज अफ अनर’ थियो !
सम्भवतः आजका हाम्रा यी कथित माननीयहरूका लागि पनि अपदस्थ राजा ज्ञानेन्द्रको ‘तिमी’ सम्बोधन अत्यन्तै कर्णप्रिय लागेको हुनुपर्छ । उनीहरूलाई ‘सरकारबाट कृपापूर्वक निगाह बक्सेको’ अनुभूति भएको हुनसक्छ । त्यो ‘तिमी’ सम्बोधनले उनीहरूलाई ‘सरकार’को अपनत्व बोध भएको हुनुपर्छ र आफ्नो भविष्य सुन्दर एवं सुरक्षित भएकामा गर्व लागेको हुनसक्छ । यी माननीयहरूले अपदस्थ राजाप्रति व्यक्तिगत रूपमा जेजस्तो चाकरी वा श्रद्धाको भाव राखे पनि वा व्यक्त गरे पनि त्यसमा आमनेपाली जनता अथवा अन्य कसैलाई टाउको दुख्नुपर्ने कुनै कारण छैन । आआफ्नै खालको ‘ब्याड्ज अफ अनर’ पाउने र सुरक्षित राख्ने हक सबैलाई छ ।
अपदस्थ राजाको पूर्वपञ्चहरूसँगको यस भेटको सानो समाचार बन्यो । सामाजिक सञ्जालमा थोरै टीकाटिप्पणी पनि भए । तर, यसलाई धेरै गम्भीर घटनाका रूपमा कसैले लिएनन् । अपदस्थ राजाले यी पूर्वपञ्चहरूलाई ‘तिमी’ भनेर सम्बोधन गर्नुलाई धेरैजसोले सायद नितान्त स्वाभाविक माने । आफूभन्दा सबै हिसाबले ‘कनिष्ठ’ र स्नेही व्यक्तिलाई माया गरेर हकपूर्वक नै ‘तिमी’ भनिन्छ नि ! सबैभन्दा महत्वपूर्ण कुरो त यी महानुभावहरू स्वयंले त्यस्तो स्नेही सम्बोधन प्राप्त गरेकामा गौरवान्वित नै महसुस गरेजस्तो बुझियो ।
सम्भवतः आजका हाम्रा यी कथित माननीयहरूका लागि पनि अपदस्थ राजा ज्ञानेन्द्रको ‘तिमी’ सम्बोधन अत्यन्तै कर्णप्रिय लागेको हुनुपर्छ । उनीहरूलाई ‘सरकारबाट कृपापूर्वक निगाह बक्सेको’ अनुभूति भएको हुनसक्छ
अब पुनः फर्कौं बीपीको तत्कालीन राजासँगको भेटको प्रसंगतर्फ । बीपी खुसी त हुनुभएन । तर बीपीले गुनासो पनि गर्नुभएन । उहाँ चिन्तितचाहिँ देखिनुभयो । उहाँको चिन्ता वा रोष आफू केन्द्रित थिएन । उहाँ डेढ करोड नेपालीले ‘तपाईं’को सम्मान नपाएकामा चिन्तित हुनुभयो । उहाँको त्यो चिन्ता पनि गणेशमानजीसमक्ष मात्र व्यक्त भएको थियो । तर, राजा र बीपीबीचको यो वार्तालाप कुनै प्रकारले भारतीय सञ्चारमाध्यममा पुग्यो । त्यसबेला भारतबाट दिनमान नाम गरेको एउटा सायद पाक्षिक हिन्दी पत्रिका निस्कन्थ्यो । त्यसले छाप्यो, ‘३१ वर्षीय महाराज ने ६१ वर्षीय राजनेताको तुम कहके पुकारा ।’ नेपाली सञ्चार जगत्मा यस’bout खुला चर्चा हुन सम्भवै थिएन । सायद पत्रिकाको त्यो संस्करण नै प्रतिबन्धित भयो । तर, यस’bout अनौपचारिक कानेखुसी भने व्याप्त नै भयो । बौद्धिक जमातमा त यो राम्रै चर्चाको विषय भयो । भनिन्छ बीपीसँगको त्यसपछिका भेटहरूमा राजा वीरेन्द्रले या ‘यसो गरौं न’ शैलीको पाँडे भाषा प्रयोग गरे अथवा अंग्रेजीमा बोले ।
पूर्वपञ्चहरूलाई तिमी भनिएकामा न ती पञ्चहरू दुखी भए न त आमजनता वा सञ्चार जगत नै असन्तुष्ट देखिए । आफ्नो नेतृत्व गर्छु भनेर अगाडि आएका औपचारिक माननीयहरूको अपमान हुँदा पनि त्यसलाई जनताले स्वाभाविक रूपमै लिए । बीपी त त्यसबेला ‘अराष्ट्रिय तत्व’ थिए, ‘मुठीभर’का थिए र बन्दी थिए । तर पनि नेपाली जनतालाई बीपीलाई तिमी भनेको चित्त बुझेन । स्वयं राजा वीरेन्द्रबीचको बाटो रोज्न बाध्य भए । यी दुई भेटघाटका घटना हेर्दा सानो भए पनि यिनका अन्तर्यमा लुकेको सारतत्व वास्तवमा गहन छ । सरकारले अभियुक्त बनाएर राजकाज मुद्दा खेपिरहेका व्यक्तिलाई तिमी भन्दा जनतालाई चित्त बुझेन । तर, आफूले मतसमेत दिएका माननीय भनाउँदालाई त्यस्तै सम्बोधन गरिँदा जनतालाई खासै फरक परेन । आफैंमा अनौठो होइन ? कुन राजाले कसलाई कति सम्मान दियो भन्ने महत्वपूर्ण होइन । को शक्तिशाली छ र को औपचारिक पदासीन छ भन्ने पनि महत्वपूर्ण होइन रहेछ । मत सोहोर्नु र सम्मान बटुल्नु पनि एउटै कुरो होइन रहेछ । जनताको सम्मानको मापदण्ड बेग्लै रहेछ ।






