‘गोर्खा वारियर’ लाहुरे सहरमा

पोखरा । आगामी ११ फागुनमा रिलिज हुने ‘गोर्खा वारियर’ युनिट प्रचारका लागि लाहुरेहरुको सहर पोखरा आएको छ । फिल्म ७ फागुनमा पोखरामा समेत प्रिमियर हुँदैछ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ नेपाली चलचित्र क्षेत्रकै शान भएको दाबी गरे । ‘यो फिल्म नेपाली चलचित्र क्षेत्रकै सान हो । विदेशमा यो फिल्म जसरी रुचाइयो र विदेशमा डिमाण्ड छ,’ उनले भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन इँट्टा थप्ने काम गरेको भन्ने लागेको छ ।’ झण्डै एक दर्जन फिल्म बनाइसकेका मिलनले ‘गोर्खा वारियर’ मार्फत २०९ वर्षको इतिहास बोकेको गोर्खालीको वीरता देखाउन खोजेको बताए । उनका अनुसार फिल्म ७०÷८० वर्षअघिको कथा हो । सिन्धुली, सोलुखुम्बु, काठमाडौं, मलेसियालगायतमा छायांकन भएको फिल्म साढे ३ वर्ष लगाएर तयार भएको हो । हँसिया, वीरविक्रम, लिलिबिली, बबी जस्ता फिल्म निर्माण गरिसकेका चाम्स पूर्व ब्रिटिस आर्मी हुन् ।

गत भदौमा लन्डनको लेस्चर स्क्वायरमा समेत ग्रान्ड प्रिमियर यो फिल्म ऐतिहासिक फिल्म भएको निर्देशक चाम्सले बताए । मलाया युद्धमा नेपालीले प्रदर्शन गरेको वीरताको कथा समेटिएको फिल्म सन् १९४९ वरिपरि घुम्छ । जतिबेला मलाया युद्ध नेपालीले के–कस्तो अवस्थामा लडेका थिए, तिनको परिवार तथा जीवनसमेत फिल्मले समेट्ने प्रयास गरेको छ ।

कोरियन एक कम्पनीले ७ वर्षका लागि विभिन्न प्लेटफर्ममा देखाउन फिल्म किनिसकेको र अमेरिकन कम्पनीले पनि चाँडै नै विश्वभर वितरण गर्ने तयारी गरेको निर्देशक चाम्सले बताए ।

डेब्यु फिल्मबाट नायक रितेश चाम्स पनि निकै आशावादी देखिन्छन् । खोटाङका यी ब्रिटिस लाहुरे खासमा क्याप्टेन हुन् । उनले थुप्रै पटक विमान उडाएका छन् । सन् २०१६ मा अडिसनमार्पmत नायकमा इन्ट्री गरेका उनले फिल्मकै लागि जल, थल र वायुमा आवश्यक पर्ने सिनका लागि विभिन्न तालिम लिएका छन् । उनी बेलायतको पाइन उड स्टूडियोमा अभिनयमा मास्टर्स गर्ने पहिलो नेपाली समेत हुन् । ब्रिटिस आर्मी, क्याप्टेन र नायकका यी त्रिवेणी फिल्म सुटिङका बेला झण्डै ज्यान गुमाएका थिए । त्यसैले उनी यो जीवन बोनस हो भन्छन् ।

नायिका रेविका गुरुङले अभियनको हिसाबले निर्देशकको आशा नमारेको दाबी गरिन् । फिल्ममा चान्स दिएकोमा निर्देशक चाम्सप्रति आभार व्यक्त गर्दै उनले इतिहास जोगाउने सिनेमामा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । फिल्ममा वारसँगै गोर्खाको परिवारको आशा, दर्द, पीडा र उतिबेलाको लाइफस्टाइल कस्तो थियो भन्ने देख्न पाइने बताइन् ।

मिडिया एड्भाइजर पत्रकार डब्बु क्षत्रीले ‘गोर्खा वारियर’ गोर्खालीको गाथा अन्तर्राष्ट्रियस्तरमै चिनाउने फिल्म भएको बताए । कथा हाम्रो र व्यथा पुर्खाको समेटेर सिनेमा निर्माण गरिएको उनको भनाइ छ । चलचित्र पत्रकार संघ जिल्लास्तरमा विस्तारले नेपाली सिनेमा प्रवद्र्धनमा समेत टेवा पुगेकोमा खुसी लागेको बताए । कार्यक्रममा मिडिया कोअर्डिनेटर सरिता भारती, किरात प्रतिष्ठानका सल्लाहकार मनोज राईलगायतको उपस्थिति थियो । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

फिल्ममा रितेश, रेविकासहित विजय लामा, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशीष गुरुङलगायतको अभिनय छ । निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’ को गीत रचना र एलिस कार्कीको संगीत छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माणमा ठूलो रकम खर्च भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह किन पुगे भक्तपुर ?