वन्यजन्तुको जोखिम रोक्न तात्यो भरतपुर महानगरपालिका

चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका चारवटा वडामा मेसजाली निर्माण कार्य सुरु भएको छ । निर्माण कार्यको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेकी छन् ।

भरतपुरको वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेसजाली निर्माण काम हुनेछ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २–२ करोड गरी ४ करोड रुपैयाँको परियोजनाअन्तर्गत पहिलो चरणमा २ करोड ७९ लाख रुपैयाँ बजेटको काम सुरु भएको बताइन् ।

‘घटिघटावबाट अब १ करोड ८० लाख रुपैयाँ छ,’ उनले भनिन्, ‘छुटेको स्थानमा तत्काल सर्भे गरी नयाँ टेन्डर खुल्छ । मेसजाली निर्माणले वन्यजन्तुको जोखम अन्त्य हुने विश्वास लिएका छौं ।’

प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताइन् । यी वडामध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको उनले प्रस्ट पारिन् ।

वन क्षेत्रनजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भए पनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्या समाधान भएर जाने उनले उल्लेख गरिन् ।

प्रमुख दाहालले पश्चिम चितवनवासीको मागअनुसार मेघौली विमानस्थलको स्तरोन्नत्तिको कार्य पनि सुरु भइसकेको र विमानस्थलको क्रमिक रूपमा व्यवस्थापनको कार्य अगाडि बढाइने बताइन् ।

मेसजाली निर्माण कार्यका लागि चारवटा वडाको दक्षिणतर्फ जंगलको सीमानामा २ करोड ७९ लाख २ हजार ४७ रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब ३ किलोमिटर मेसजाली निर्माण गरिने इन्जिनियर आचार्यले जानकारी दिए ।

गोले सनसाइन जेभी सुकेधारा काठमाडौंले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको छ ।

पश्चिम चितवनका तटीय क्षेत्रसँग जोडिएको बस्तीमा हात्ती, गैंडा, बँदेललगायतका जनवारले बर्सेनि ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आज काठमाडौंमा सत्ता गठबन्धनकाे चुनावी सभा