क्षुद्र ग्रहले पानी चोरे

कुरा मंगल ग्रहको हो । त्यहाँ अहिले पानी छैन । तर, सुकेका पानीका तालका सतह, नदी र महासागरका आकृति अहिले पनि देखिन्छन् । त्यसो भए मंगल ग्रहको पानी कहाँ गयो होला ? कसले लगे होलान् ? वा सुकेछ भने पनि कसरी सुकेछ होला ? यो आश्चर्य खोजीको विषय बनेको छ ।

तर, वैज्ञानिकको भने मंगल ग्रहको पानी सो ग्रहनजिकै भएर वा ठोक्किएर आउने वा जाने ससाना पिण्डले लगेर गए भन्ने अनुसन्धानमा चासो बढिरहेको देखिन्छ । मंगल ग्रहमा कहिलेकाहिँ यस्ता ग्रहको ओइरो लाग्ने गरेको वैज्ञानिकको ठहर छ । के यी कुनै समयका जलपरी होलान् ?

वैज्ञानिकका अनुसार आजभन्दा साढे ४ अर्ब वर्ष पहिले मंगल ग्रहमा यस्ता क्षुद्र ग्रहको ओइरो लाग्यो । त्यतिबेला पानीले भरिएको मंगलमा हिउँले भरिएका ससाना क्षुद्र ग्रहको बाढी नै चल्यो ।

यिनले भएभरको पानी हुत्याउँदै लिएर गए । मंगल ग्रहले कतिलाई छेक्नु ? त्यसपछि त पानीले भरिएर हरियो देखिने मंगल ग्रह क्रमशः रातो ग्रहमा परिणत भयो । आकार प्रकारमा र सूर्यसँगको सामिप्यताका हिसाबले पृथ्वीसँग मिल्दोजुल्दो ग्रह हो, मंगल । त्यसैले मंगल ग्रहमा पानी र जीवावशेषको खोजी गरिनु स्वाभाविक छ ।

अहिले पनि मंगलमा अरू ग्रहभन्दा केही न केही विशेष कुरा त पाइन्छ भनी खोजकर्ता, अनुसन्धानकर्ता र वैज्ञानिक खोजीमा लागिरहेका छन् । खोजीकार्य कुनै दिन चमत्कारमा बदलिने उनीहरूको आशा छ । अहिले पनि युनिभर्सिटी अफ कोपनहेगनले प्रकाशित गरेको खोज तथा अध्ययन, अनुसन्धान आफैंमा निकै गहिरा र चाखलाग्दा छन् ।

अध्ययनअनुसार साढे ४ अर्ब वर्ष पहिले मंगल ग्रहमा १ हजार फिट गहिरो सागर थियो । यो ग्रहमा सागरसँगै त्यहाँ हिमटापुहरू पनि थिए । यसै समयमा त्यस ग्रहमा बरफले भरिएका क्षुद्रग्रहको बाढी आएको थियो । मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा यस्तो हुन गएको वैज्ञानिकको अनुमान छ ।

यस्ता हिम क्षुद्रग्रहले जैविक अणु पनि बोकेका हुन्छन् । यस्ता जैविक अणु जीवनका लागि जैविक रूपमा महत्वपूर्ण हुन्छन् । यस्ता क्षुद्र ग्रहले पानीका अतिरिक्त जैविक रूपमा आवश्यक हुने एमिनो एसिडजस्ता जैविक यौगिक मंगलग्रहबाट ओसारेर सिध्याए । वैज्ञानिकको निष्कर्ष छ, यस्ता यौगिक ग्रहबाट सिद्धिएपछि त्यहाँ जीव विकासमा अवरोध हुन गयो ।

तपाइको प्रतिक्रिया
(Visited 315 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेस पहिलाे पार्टी, २५२ पालिका प्रमुखमा विजयी