एमाले सर्लाहीका नेता किन प्रवेश गरे आजपामा

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको बताएका छन् ।

सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रमुख दलहरुको सिन्डिकेटका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।

‘दलीय सिन्डिकेटका कारण लोकतन्त्र नै खतरामा परेको छ । प्रमुख दलका शीर्ष नेताहरुको अहिले मनोमानी चलिरहेको छ । केही मुठिभर नेताका कारण अहिले दलतन्त्र हावी भएको छ’ साहले भने, ‘अहिलेको व्यवस्था असफल भईसकेको छ । अब राष्ट्रपतिय व्यवस्थामा जानुको बिकल्प छैन् ।’

समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका लागि अहिलेको व्यवस्था फालेर राष्ट्रपतिय व्यवस्थामा जानुपर्ने उनले बताए । केही दलका केही मुठिभर नेताका कारण दलीय तन्त्र हावी भएको बताउँदै उनले समृद्धि, सुशासन तथा राजनीतिक स्थायित्वका लागि अहिलकै व्यवस्थाबाट प्राप्त गर्न असम्भव रहेकाले व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए ।

सो क्रममा नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ सर्लाहीका अध्यक्ष सुनिलकुमार गुप्ता आम जनता पार्टीमा प्रवेश गरेका छन् । उनीसँगै युवा नेता निरज गुप्ता पनि आजपामा प्रवेश गरेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको कामना सहित शुभकामना दिएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेका लहर चलेको आजपा केन्द्रीय सदस्य विजय यादव निर्विजले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवल उपमहानगरपालिका : एमालेलाई विरासतको चिन्ता, कांग्रेस किल्ला तोड्ने दाउमा