सिमानाकामा सशस्त्र प्रहरीले सक्रियता बढायो, लकडाउनमा यसरी गर्दैछ काम

बारा । बारा जिल्लास्थित सशस्त्र प्रहरी बल १२ नम्बर गणले सिमा इलाकामा आफ्नो उपस्थिति मजबुत बनाएको छ । सशस्त्र प्रहरी बलले बाराको ६० किलोमिटर सिमा इलाकामा नियमितरुपमा १२० भन्दा बढी जनशक्ति परिचालन गर्दै आएको छ ।

गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बारा जिल्लामा सिमा नाकामा हाल ७ वटा बीओपी मार्फत नियमित रुपमा सिमा सुरक्षा तथा राजस्व संकलन, चोरी निकासी पैठारी नियन्त्रणको कार्य गर्दै आइरहेको बताए ।
सात ओटा बीओपीमा जनशक्ति थप गरी लकडाउन सफल पार्न तथा कोरोना संक्रमित तथा कोही पनि व्यक्ति सिमा नाकाबाट आवतजावत नगरुन् भनी सिमा नाकामा कडाइ गरिएको गणपति सुवेदीले बताए ।

सशस्त्र प्रहरीको जनशक्ति थपका लागि गृह मन्त्रालय मार्फत समेत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।

प्रमुख जिल्ला अधिकारी पण्डितको नेतृत्वमा सोमबार सुरक्षा निकायका प्रमुखहरुले जिल्लाको सिमानाकाको निरीक्षण गरेका थिए मटिअबादेखि पश्चिम छतवासम्मको सिमानाकाको अनुगमन भएको मटिअर्बा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशीले बताए । कोरोना संक्रमण रोक्न सशस्त्र प्रहरी बल सिमा नाकामा सकृय भएर लागेको गणपति सुवेदीले बताए ।

आइतवार मात्र सशस्त्र प्रहरी बलले जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने तीन जना भारतीय मुस्लिम धर्मावलम्बीहरुलाई नियन्त्रणमा लिई समकक्षी एसएसबीलाई बुझाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 770 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?