युद्धमा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

काठमाडौं । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिएका नेपाली नागरिकलाई नेपालकै सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ । रुसले यसअघि क्षतिपूर्ति दिने तर आफन्त रुस नै जानुपर्ने भनेको थियो । अब भने रुस नेपालतर्फ नरम देखिएको छ ।

नेपालले निरन्तर दबाब दिएपछि रुसले क्षतिपूर्ति रकम नेपालमै पठाउने निर्णय गरेको हो । ‘रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका नेपालीका परिवारलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्ति रकम नेपालमै पठाउन रुस सहमत भएको छ, रुसले सो रकम नेपाली दूतावासलाई उपलब्ध गराउने छ, त्यसपछि दूतावासले नेपाल पठाउनेछ,’ मस्कोस्थित नेपाली दूतावास स्रोतले जनायो । रुस र युक्रेन युद्धका क्रममा कम्तीमा १४ जना नेपालीको ज्यान गइसकेको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यद्यपि, रुसले युद्धमा भएको क्षतिका ’boutमा एकिन तथ्यांक दिएको छैन ।

रुसले क्षतिपूर्ति मस्कोस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाउनेछ । त्यसपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनमा पठाउनेछ । जिल्ला प्रशासनले पीडितको एकिन गरेर सो क्षतिपूर्तिबापतको रकम पीडित परिवारलाई उपलब्ध गराउनेछ ।

हालसम्म रुसी सेनामा भर्ती भएका चार जना युक्रेनी सेनाको कब्जामा छन् । परराष्ट्र मन्त्रालयमार्फत १८ मंसिरमा ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै रुसलाई कूटनीतिक नोट पठाएको थियो । मन्त्रालयका अनुसार सो कूटनीतिक नोटको हालसम्म कुनै पनि जवाफ आएको छैन ।

नेपालीले सोधेको कुनै पनि प्रश्नको जवाफ रुसले दिएको छैन । परराष्ट्रमन्त्री एनपी साउदले काठमाडौंस्थित नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभलाई मंसिर तेस्रो साता र पुसको पहिलो साता बोलाएर नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसकै निरन्तरतास्वरूप युगान्डाको राजधानी कम्पालामा माघको पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९औं शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री सर्गेई वसिलिईसँग भेटवार्ता गरेका थिए ।

पछिल्लो समय नेपालीको मृत्यु हुनेक्रम बढेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर रुसमा नजान र आफ्ना नागरिकलाई रुसी सेनामा भर्ना नगर्न आग्रह गरेको थियो । तर, रुसले नेपालीको आग्रहलाई इन्कार गर्दै सेनामा भर्ती गर्ने क्रमलाई निरन्तरता दियो ।

४ पुसमा परराष्ट्रले विज्ञप्ति जारी गर्दै रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनः अनुरोध गरिएको थियो ।

गत ४ पुसमा जारी विज्ञप्तिमा नै परराष्ट्रले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । युक्रेनले युद्धबन्दी बनाएका चार नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन छन् ।

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युद्ध चलिरहेको छ, रोकिने लक्षण छैन । रुसले युक्रेनमाथि आक्रमण गर्ने बित्तिकै नेपालले विज्ञप्ति जारी गर्दै युक्रेनको पक्ष लिँदै रुसको आलोचना गरेको थियो । तर, सोही मुलुकमा सेना भएर युद्ध लड्न नेपाली लामबद्ध भइरहेका छन् ।

रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने जानकारी रुसले हालसम्म नेपाललाई उपलब्ध गरेको छैन । अध्यागमन विभागको तथ्यांकनुसार सन् २०२३ मा मात्र १ हजार ७ सय ९७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रुस गएका थिए ।

रुसी सेनामा भर्ती हुन जाने अधिकांश नेपाली भिजिट भिसामा जाने गरेको र रुसी सेनामा भर्ती हुनेहरूले बताइरहेका छन् । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ सय ८६ जना नेपाली भिजिट भिसामा रुस गएका अध्यागमनको तथ्यांकले देखाउँछ । यसभन्दा ठूलो संख्या भारतको बाटो हुँदै जाने नेपालीको छ ।

कति पाउँछन् नेपालीले क्षतिपूर्ति ?
युक्रनेसँगको युद्धअघि नेपालीले एउटा सहमतिपत्रमा हस्ताक्षर गरेनुसार उनीहरूले बिमा गरेको अवस्थामा डेढ करोड रुपैयाँ रकम क्षतिपूर्तिबापत पाउनेछन् । रुसी सेनामा भर्ना गर्दा अनिवार्य सबैको बिमा गरिएको हुन्छ । युद्धमा जानुअघि रुसी सेनाले राख्ने विभिन्न सर्तमा राजी भई हस्ताक्षर गर्दा बिमाको कुरा पनि राखिएको हुन्छ । सोही सहमतिनुसार नेपालीले कम्तीमा डेढ करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन् ।

आदेशमा युक्रेनसँगको युद्धमा मारिने रुसी सैनिकका परिवारलाई क्षतिपूर्तिबापत ५० लाख रुबल (७२ लाख ९१ हजार नेपाली रुपैयाँ) उपलब्ध गराउने उल्लेख छ । पुटिनको आदेशमा उल्लेख भएनुसार नै नेपालले मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।

रुसले पनि सोहीनुसार नै क्षतिपूर्ति रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । रुसले हालसम्म आफ्नो सेनामा भर्ती भएका १४ जना नेपालीको युक्रेनसँगको युद्धका क्रममा मारिएको जानकारी औपचारिक रूपमा नेपाल सरकारलाई गराएको छ ।

घाइते भएकालाई क्षतिपूर्ति दिने’bout रुस मौन
सन् २०२३ जनवरी पहिलो साता रूसी राष्ट्रपति पुटिनले जारी गरेको आदेशमा युक्रेनसँगको युद्धमा घाइते हुने रूसी सेनालाई ३० लाख रुबल (४३ लाख ७५ हजार रुपैयाँ) उपलब्ध गराउने उल्लेख छ । तर, रुसले युद्धमा घाइते भएका विदेशी नागरिकलाई क्षतिपूर्ति दिने’bout अहिलेसम्म केही बोलेको छैन ।

नेपालले सम्झौताअनुसार घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग गरेको छ । घाइते भएकामध्ये ३० भन्दा बढी नेपाली नेपाल आइसकेका छन् । उनीहरुको नाममा हालसम्म खातामा तलब हालिरहेको युद्धमा घाइते भएर नेपाल आएका एक जनाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले भत्कायो एमालेको गढ, खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित