दाङ । दाङमा स्कारपियोको साइकललाई ठक्कर दिदा दिदीबहिनीको मृत्यु भएको छ मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका–१ घरभई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी १६ वर्षीया बहिनी विपना केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
पुर्वबाट पश्चिम राजमार्गको पिपरी भन्ने स्थानमा प्र. ३–०१–०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले दिदीबहिनी सवार साइकलाई बुधबार दिउसो साढे ४ बजेको समयमा ठक्कर दिदा दुबै जना घाइते भएका थिए ।
घाइते भएका मध्य राधाको दाङको लमही अस्पताल र विपनको वुटवलको क्रिमसन अस्पताल मनिग्राममा उपचारकैे मृत्यु भएको डीएसपी मल्लले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)






