जलस्रोत र सिँचाईको विकासले मुहार फेर्दै माडी

भरतपुर । मुलुक नयाँ संरचनामा गएपछि धेरै स्थानीय तहले विकासको क्रान्ति फेर्न सुरु गरेको छ त्यसमध्ये पनि माडी नगरपालिका एक हो। त्यसैगरी माडी नगरपालिकाको सबैभन्दा ठूलो विकासको चुनौतीको रुपमा रहेको सिँचाई तथा तटबन्धन रहेको छ । माडीलाई कृषिको हब पनि भन्ने गरिन्छ। त्यसको लागि उपयुक्त सिंचाई नभएकै कारणले विभिन्न ठाउँका जमिनहरू बाजे रहने गरेको छ । त्यसको लागि प्रदेश सरकार तथा संघीय संघीय सरकारद्वारा विभिन्न आयोजनाहरू मार्फत काम गर्दै आएको छ।

सिँचाई तथा तटबन्धनको लागि प्रदेश सरकार सरकार बाट १६ करोड ५१लाख र संघीय सरकार बाट ६ करोड २० लाख गरी जम्मा २२ करोड ७१ लाख को यस वर्ष आयोजनाहरू रहेको कार्यालय प्रमुख हरि हुमागाईले बताए। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय चितवन अन्तर्गतको जम्मा योजनाहरू १२० वटा योजनाहरू रहेका छन् , त्यसमध्ये यस आर्थिक वर्षमा २२ वटा योजनाहरू निर्माण सम्पन्न भइसकेका छन् । पुस महिनासम्म यस कार्यालयको भौतिक प्रगति भने ४० प्रतिशत करिब रहेको सूचना अधिकारी ले जानकारी दिए । यस मध्ये माडी नगरपालिकामा २२ वटा योजनाहरू रहेका छन्।

माडीको सबैभन्दा बढी क्षति ुर्‍याउने मगै खोलाको तटबन्धनको लागि २०७३/०७४ सालमा बहुवर्षीय ठेक्का लगाइएको छ ।यसका लागि ८ करोड को लागतमा निर्माण भइरहेको छ ,त्यसैगरी रिउखोलामा २०७९/०८० मा बहुवर्षीय ठेक्का लागेको हो यस योजना पुरा भएपछि रेऊ खोलाका स्थानीयहरूलाई सहज ’bout स्थानीय जनताले बताएका छन् ।यस आर्थिक वर्ष भित्र सिंचाई अन्तर्गतका ७ बाट सिंचाई निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजनले तल्लो चिताई खोला सिंचाई योजना ५ करोड ,घागर खोला सिंचाई योजना १ करोड, अनारखोला सिंचाई योजना ४ करोड ,मरठा खोला कुलोलाई निर्माण कार्य माडी -१ ५ करोड, देउदर खानेपानी सिँचाइको ४ करोड ,रु पेरुई सिंचाई योजना ५ करोड ,मुगै सिचाई योजना १० करोड बजेट छुट्याइएको छ। यसैगरी जलस्रोत तथा सिंचाई अन्तर्गत माडी नगरपालिका भित्र तठबन्धन मार्फत १५ वटा योजनाहरू रहेको सूचना अधिकारी नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

अजिङ्गारे डाङ्ग्रे खोला तटबन्धन योजना १ करोड ,मरोट खोला दुवै साइड तटबन्धन माडी न पा -१ ३ करोड ,बगाइ खोला तटबन्धन माडी -७ १.५ करोड, चितही खोलाको तल्लो तटिए क्षेत्र तटबन्द १ करोड ,भालु खोला बुलबुले पार्क तटबन्द १.५ करोड ,पतारे खोला तटबन्धन माडी – ७ १करोड ,टुनामुना खोला तटबन्धन १.५ करोड,मकैखोला तटबन्धन खैरहनी -४ १ करोड,देउजर खोला चैनपुर तटबन्धन १.५ करोड , घाँगरखोला गणेशकुञ्ज क्षेत्र तटबन्धन १.५ करोड, रिउ खोला नियन्त्रण कार्य र करिरोड निर्माण ३ करोड ,पत्तरे खोला तटबन्धन गौरीनगर माडी-७ १करोड, माडी नपा -९ प्याउली रेउखोला तटबन्धन ५ करोड,मगुही खोला माडी नगरपालिका-४ देखि खैरहनी देखि बैगुण्ठ धाम विभिन्न स्थानमा तटबन्धन निर्माण ४ करोड ,माडी नगरपालिका चिनाई खोला ४ घसेरी देखि माडी वडा नम्बर २ कान्तिपुरसम्म तटबन्धन ५करोड ,बजेट रहेको छ। उक्त योजनाहरू निर्माण सम्पन्न भइसक्दा माडी क्षेत्रका जनताहरूलाई सिंचाई तथा तठबन्धन तर्फमा राम्रो उपलब्धि हासिल हुने ’bout स्थानीयहरूको भनाइ रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु