भारतवाट फर्केका वडा अध्यक्ष क्वारेन्टाइनमा


जनकपुरधाम । धनुषामा एक जना वडा अध्यक्षलाई क्वारेन्टाइनमा राखिएको छ । आईतबार भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष भोगेन्द्र पाठकलाई स्थानीयको दवावमा क्वारेन्टाइनमा राखिएको हो ।

भारतको मधुवनीबाट आइतवार दिउँसो उनी घर फर्केपछि स्थानीय त्रसित बनेका थिए । इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडा अध्यक्ष पाठक भारतबाट आएको जानकारी गराएपछि प्रहरीको सक्रियतामा उनलाई क्वारेन्टाइनमा राखिएको जनकनन्दनी गाउँपालिकाका प्रशासकिय अधिकृत कुलानन्द झाले जानकारी दिए ।

उनलाई सोहि गाउँपालिका वडा नं.४ स्थित उच्च माध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । वडा अध्यक्षसँगै सो क्वारेन्टाइनमा अहिले भारतबाट फर्केर आएका ९ जना छन् । धनुषा जिल्लामा १६ वडा क्वारेन्टाइनस्थल वनाइएको छ जसमा अहिले ८८ जना रहेका छन ।

१५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

जनकपुरधाममा परीक्षण गरिएको १५ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालमा शनिबारदेखि सञ्चालनमा आएको कोरोना परीक्षण प्रयोगशालामा हालसम्म परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

१५ जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट निगेटिभ आएको प्रादेशिक प्रयोगशाला प्रदेश २ का निमित निर्देशक रामविनय साहले जानकारी दिए।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमण आशंका गरिएका १ सय १३ जनाको स्वाब संकलन गरी प्रयोगशालमा परीक्षण जारी रहेकोमा सोमबारसम्म ४३ जनाको रिपोर्ट आएको छ । हालसम्म सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले जानकारी दिएका छन । उनका अनुसार ७० जनाको नमुना परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मतदान अधिकृत भट्ट घाइते