लकडाउन अवधिभर पुरानै सवारी पास मान्य हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस अघि जारी गरेको सवारी पासलाई नै लक डाउन अवधिभर मान्यता दिने निर्णय गरेको छ ।

सरकारले ३ बैशाख सम्मका लागि पुन लकडाउनको समयावधि थप गरेको छ । जिल्ला प्रशासन कार्यालयले यस अघि जारी गरेको सवारी पासको समयावधि आज सम्मका लागि भएपनि सरकारले लकडाउनको समय थप गरेकाले यस अघि जारी गरिएकै सवारी पासलाई निरन्तरता दिने निर्णय गरिएको काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी दिए । उनले यस अघि विभिन्न मितिमा जारी गरिएको र सिनं समेत उल्लेख गरिएको पहिलो रंगको सवारी पासलाई नै लकडाउन अवधि भर मान्यता दिने गरि निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

epaper

ताजा समाचार

अन्तर्राष्ट्रिय फुटबल खेल्न सिसिएसका खेलाडी लखनउ प्रस्थान