दाङमा बोलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

तुलसीपुर । दाङमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ निवासी २१ वर्षका विवेक पुन र सोही ठाउँ निवासी मोटरसाइकलको पछाडि सवार २४ वर्षका नेत्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभएको छ ।

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल र बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअप जिप बुधबार बिहान ६ बजे तुलसीपुर–घोराही सडक खण्डको सर्रामा ठोक्किए पछि उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुन र भण्डारीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक रोल्पाको त्रिवेणी गाउँपालिका– २ निवासी २९ वर्षका निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते