Saturday, June 6, 2020
Home प्रदेश आफ्नो क्षेत्रका सबै स्थानीय तहलाई सांसद साहको निजी स्रोतबाट स्वास्थ्य सामाग्री

आफ्नो क्षेत्रका सबै स्थानीय तहलाई सांसद साहको निजी स्रोतबाट स्वास्थ्य सामाग्री

रौतहट । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेका छन् ।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहलाई निजी स्रोतबाट स्वास्थ्य सामाग्री उपलब्ध गराउदा काममा थप प्रभावकारिता आउने विश्वास लिइएको छ ।

सांसद साहले १००० थान सर्जिकल मास्क, ५० थान ल्ढछ मास्क, १००० थान ग्लब्स, २ सेट पिपिई र ५÷५ लिटर सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् । उनको निर्वाचन क्षेत्र मौलापुर नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिका पर्दछ ।

बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामाग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिलता सृजना भईरहेको छ । सांसद साहले उपलब्ध गराएको सामाग्री ती स्थानीय तहहरुका लागि उपयोगी हुनेछ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामाग्री उपलब्ध गराउँन लागेका नेता साह भन्छन, ‘कोरोना भाइरसविरुद्धको लडाइँमा तपाईं हाम्रो ऐक्यबद्धता र साथको जति जरुरी छ, त्यति नै जरुरी यस विपदको घडीमा आफ्नो स्थानबाट गर्न सकिने सहयोगको छ । कोरोना भाइरसको संक्रमण रोक्न फिल्डमा खटिएका स्वास्थ्यकर्मीलगायतका साथीहरूलाई अत्यावश्यक मेडिकल सामाग्रीको अभावले थप जटिलता सृजना गरेको अवस्था छ । यस महासंकटको बेला मैले सानो प्रयासस्वरुप स्वास्थ्य सामाग्री उपलब्ध गराउदै छु । स्वास्थ्य सामाग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भएपनि सहजता हुने विश्वास लिएको छु । साथै आफ्नो स्थानबाट गर्न सकिने सहयोगका लागि अग्रसर हुन सबैमा आह्वान पनि गर्दछु ।’

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष समेत रहेका सांसद साहले लकडाउनको अवधिभर घरमै बसेर कोरोना भाइरस नियन्त्रणको अभियानमा साथ दिन पुनः आग्रह गरेका छन् ।

(Visited 383 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)