रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको नगर प्रमुख संजयकुमार काफ्लेले महिला फुटवल खेलाडीका कारण चन्द्रपुर नगरपालिका परिचित रहेको बताएका छन् । यहाँका खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हुने फुटवल प्रतियोगितामा सहभागी भएको र उत्कृष्ट प्रर्दशन समेत गर्दै आएको उनको भनाई छ ।
चन्द्रपुर नगरपालिका वडा नं. १ स्थित बाग्मति माध्यमिक विद्यालय गोपालकुटीमा हिजो शुक्रबार आयोजित तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रमलाई सम्वोधन गर्दै खेलकुदका गतिविधि स्थानीय पालिकालाई समेत चिनाउने गरेकाले यसको विकास हुन आवश्यक रहेको उनले बताए । खेलकुदको विकासका लागि पालिकाले आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै उनले यहाँ फुटवल, क्रिकेट, व्यडमिन्टन, कराँते लगायतका प्रतियोगिता हुने गरेको जानकारी दिए ।
यहाँ हुने खेलकुद प्रतियोगिताले खेलाडीको दक्षता, क्षमता र अनुशासनमा अभिबृद्धि गरेको उनको भनाई छ । मेयर काफ्लेका अनुसार मानव स्वास्थ्यका लागि पनि खेलकुद आवश्यक छ । हरेक दुष्ट्रिकोणले खेल आवश्यक भएको धारणा राख्दै विद्यालय स्तरबाट नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनु पर्ने बताए ।
नगर प्रमुखले काफ्लेले खेलाडीलाई अनुशासित,मार्यादित र नियमपुर्वक खेल्न सुझाव दिए । कार्यक्रममा चन्द्रपुर नगरपालिका उपप्रमुख जयमाला चौधरीले शुभकामना मन्तव्य राख्नुभएका थिए । कार्यक्रममा बोल्दै चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत किरणनिधि तिवारीले विद्यालय स्तरमा खेलको आवश्यक रहेको औल्याउदै शारीरिक, मानसिक तथा स्वास्थ्यका लागि खेलकुद अपिहार्य भएको बताए ।
पछिल्लो समय युवा पुस्तामा खेलप्रतिको मोह देखिएको भन्दै स्थानीय स्तरमा हुने खेलकुदले खेलाडीको क्षमता बढाउने धारणा राखे । अहिलेका बालबालिका सानो उमेरदेखि नै विभिन्न खेल खेल्न रुचाउने भएकाले सरकारी तथा निजी विद्यालयले अनिवार्य रुपमा खेलकुदका गतिविधि गर्नुपर्ने उनले जोड दिए । हरेक विद्यार्थीलाइ शाररीक कसरत आवश्यक पर्ने भएकाले पनि खेलका कार्यक्रम गर्न उनले सुझाव दिए ।
चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउतले यस वडामा खेलकुदको प्रतियोगिता हुन लागेकोमा हर्षित भएको भन्दै यस प्रतियोगितालाई सफल बनाउन सवैको साथ र सहयोग आवश्यक पर्ने बताए । वडा कार्यालयले खेलकुदलाई प्रथामिकतामा राखेकाले यहाँका हुने हरेक किसिमका प्रतियोगितामा सहयोग रहने उनले जानकारी दिए ।
खेलाडीको क्षमता वृद्धिका लागि खेलसामग्री, जर्सी, फुटवल लगायतका सामग्री वितरण गर्नुका साथै खेलमैदान स्तरोन्ती तथा मर्मतको काम समेत वडाले गरेको उनले बताए । कार्यक्रममा जनज्योती माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका प्रधानध्यापक देवनारायण हुमागाई, होलिभिजन माध्यमिक विद्यालय सन्तपुरका प्रिन्सिपल केवी थापा, जनहित आधारभूत विद्यालय पौराईका अध्यक्ष लक्ष्मण न्यौपाने लगायतकाले प्रतियोगिताको सफलताको शुभकामना दिए ।
बाग्मति माध्यमिक विद्यालय गोपालकुटीका अध्यक्ष यम रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सागर नेपालले गरेका हुन् । सो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानध्यापक रवीन्द्र साहले गरेका थिए । कार्यक्रममा चन्द्रपुर नगरपालिका सामाजिक शाखा प्रमुख मिश्रिलाल साह, शिक्षा शाखा प्रतिनिधि जुना तिमल्सिना, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्रीराज शर्मा तथा विभिन्न विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु लगायतको उपस्थिती रहेको थियो ।
चन्द्रपु्र नगरपालिकाका अनुसारका एथ्लेष्टिक छात्र÷छात्रा , दौड तर्फ १०० मि २००, मि,४०० मि।र ८०० मि लङ्गजम्प, हाईजम्प, त्रिपलजम्प, ज्यानवलिनथ्रो, सटपुट खेल भएको हो । मार्सल आर्ट, कराँते ९सितोरीयो० , तेक्वान्दो, भलिवल, कवडी प्रतियोगिता भएको आयोजक चन्द्रपुर नगरपालिकाले जनाएको छ ।






