सिरहा । नयाँ वर्षको अवसरमा वैशाख १ लाग्ने सलहेश फुलवारी मेला यो वर्ष नलाग्ने भएको छ । यसैगरी २ गते प्रत्येक वर्ष सिरहा जिल्लामा पकडिया गढ, मानिक दह , धमनी माई मेला र पतारी मेलालगायत जिल्लाभर विभिन्न स्थानमा लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गरिने निर्णय भएको छ ।
कोरोना भाईरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनका कारण आउँदो नयाँ वर्ष २०७७ का लागि स्थगित गर्न, मेला नलाग्ने भनी जिल्ला प्रशासन कार्यालय सिरहा तथा सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय सरकारहरूको बुधबार बसेको बैठकबाट निर्णय भएको हो ।
सिरहा जिल्लाको लहान नगरपालिका,गोलबजार नगरपालिका , सिरहा नगरपालिका ,भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकामा आउदै गरेको नयाँ वर्ष २०७७ को बैशाख १ र २ गते लाग्ने मेला तथा महोत्सवहरु पनि स्थगित गर्न, मेला नलगाउने निर्णय गरेको हो ।
उक्त स्थानीय तहहरुबाट उक्त मेला पर्वहरु नहुने ’boutमा सुरक्षा निकायहरुसँग समन्वय गरी सीमावर्ती बासिन्दाहरुलाई समेत जानकारी गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकार सरोज गुरागाईले बताए ।






