Friday, June 18, 2021
Home राजनीति राहत दिएकाे तस्बीर नखिच्न नेकपाको निर्देशन

राहत दिएकाे तस्बीर नखिच्न नेकपाको निर्देशन

,

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई एकद्वार प्रणालीबाट राहत दिन तथा राहत दिइएको तस्बीर नलिन निर्देशन दिएको छ । नेकपा पाँचथरले मातहतका पार्टी कमिटी र नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र वास्तविक लकडाउन प्रभावितलाई सहयोगीसिद्ध बनाउन निर्देशन दिएको हो ।

नेकपा पाँचथरका इञ्चार्ज एवं प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार लकडाउन प्रभावित भनी स्थानीय तहबाट पहिचान भएका परिवारलाई मात्रै राहत दिन निर्देशन दिइएको छ । राहत सामग्रीसमेत सङ्घीय सरकारले तोकेको न्यूनतम मात्रा पु-याएर मात्रै वितरण गर्न निर्देशन दिइएको उनले बताए ।

स्थानीय तह र नेकपाको स्थानीय पार्टी पङ्क्तिलाई समन्वयात्मक रुपमा राहत वितरण गर्नसमेत नेकपाले निर्देशन दिएको छ । जिल्लामा फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले मात्रै लकडाउन प्रभावितलाई राहत वितरण थालेका छन् । कतिपय स्थानमा व्यक्तिगत तथा संस्थागत रुपमा वितरण गरिएको राहत झारो टार्ने तथा देखावटी मात्रै भएको तथा लकडाउन प्रभावित एवं न्यून आय भएका परिवारलाई यथेष्ट सहयोग नपुगेको भनी आलोचना भएपछि नेकपाले यस्तो निर्देशन दिएको हो । नेकपाले यसअघि नै पार्टी पङ्क्तिलाई लकडाउन प्रभावितलाई राहत दिन तथा कोरोनाभाइरस सङ्क्रमण प्रतिकार्य एवं सजगताका काममा सहभागी हुन आह्वान गरिसकेको छ ।

“राहत वितरणको काम स्थानीय सरकार र पार्टी पङ्क्तिको दायित्वको विषय हो, न कि कुनै प्रचारवाजी”, नेकपाका जिल्ला इन्चार्ज आङ्बोले भन्नुभयो, “राहत प्राप्त गर्ने व्यक्ति तथा परिवारको सम्मानका लागि तस्बीर नलिन र सामाजिक सञ्जालमा नहाल्न भनिएको हो ।” पाँचथरमा सामाजिक दूरी पालना गर्ने नाममा वडाबाट वितरण गरिएका राहत कार्यक्रमको कतिपय तस्बीर ‘भाइरल’ समेत भएका छन् ।

(Visited 219 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

एकैपटक २१ जनाले कोरोना जितेपछि गाउँमा खुसियाली

  जुम्ला । एकैपटक गाउँका २१ जनाले कोरोना जितेर घर फर्किएपछि जुम्लाको तातोपानी ६ रावतबाडा गाउँमा खुसियाली छाएको छ । कोरोना संक्रमण फैलँदा गाउँमा निराशा...

मेलम्चीकाे पहिराेले निम्ताएको विनाश १६ तस्विरमा (फोटोफचर)

  मेलम्ची । लगातार प्राकृतिक विपत्ती भोगीरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तीबाट ठुलोजनधनको क्षती भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक...

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

ट्रेन्डिङ

लहानमा सलहेश फुल हेर्नेको घुइँचो

लाहान । सिरहाको लहान नगरपालिकाका २२ मा अवस्थित ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल सलहेश फुलबारीमा आजैका दिन मात्र फुल्ने फुल हेर्न श्रद्धालु भक्तजनहरुको विहानैदेखि...

संसद विघटन अस्विकार गर्ने सभामुखको संकेत

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको विघटन नमान्ने संकेत दिएका छन् । बुधवार साँझ...

ब्राउन सुगरसहित दैलेखमा दुई जना पक्राउ

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतदेखि दैलेख बजार आउँदै गरेको देउती नागरिक यातायातको हाइसबाट ब्राउन...

रोड सेफ्टी फिल्म फेस्टिवलमा सेलिब्रेसन स्टुडियोलाई दुई अवार्ड

काठमाडौं । सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसन (नासा) को आयोजनामा दोस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिवल सम्पन्न भएको छ । रसियन...

‘मौन क्रन्दन’को अनलाइन विमोचन सम्पन्न

काठमाडौं । डा. सावित्री श्रेष्ठको कथा संग्रह ‘मौन क्रन्दन’ को शनिबार अनलाईन विमोचन गरिएको छ । विगत तीन दशकदेखी नेपाली साहित्यमा संलग्न रहेकी लेखक...

आर्सनलको फराकिलो जीत

लन्डन । इग्लिस क्लब क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । गए राति सम्पन्न खेलमा आर्सनलले मोल्डेलाई ४-१...

लकडाउनमा घरभाडा तिर्न नसक्नेलाई घरबाट ननिकाल्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको...

ललितपुरमा साइकल दुर्घटना, दुई भारतीयको मृत्यु

ललितपुर । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०....

कास्कीका पत्रकारको कोरोना बीमा

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले सदस्यको कोरोना बीमा शुरुआत गरेको छ । बीमाको लागि महासंघले मंगलबार सिद्धार्थ इन्स्योरेन्स कम्पनीसँग सो सम्बन्धमा सहमति भएको...

खोटाङका चार आगलागी पीडितलाई सहयोग

खोटाङ । खोटाङ प्राकृतिक सहयोग कोषले जिल्लाका चार आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पछिल्लो समयमा आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानीका...

कोरोना भाइरसका कारण एक सातामा विदेशमा थप नौ जना नेपालीको निधन

काठमाडाैं ।  कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)