काठमाडौं । तेक्वान्दो खेलाडी सरु शेर्पा र प्रशिक्षक कुमारबहादुर लामा नगदसहित सम्मानित भएका छन् । उनीहरुलाई प्रस्तावित मनराम केसी स्मृति तेक्वान्दो समाजले सम्मान गरेकाे हाे । आठौ नेपाल टाईगर्स अन्तर स्कुल तेक्वान्दो प्रतियोगिताको पुम्से विधामा कास्य पदक बिजेता शेर्पा र प्रशिक्षक लामालाई क्रमश नगद ५ हजार र ३ हजार रुपैयाँसहित कदर पत्रबाट पूर्वप्रहरी नायब उपरीक्षक नवीन बुढाथोकीले सम्मान गरेका हुन् ।
कार्यक्रममा तेक्वान्दो खेलका कुशल खेलाडी एबम प्रशिक्षक (होप फाउन्डेशन नेपालका अध्यक्ष) खड्का बहादुर, राजिब थापा (भट्ट) अन्य अतिथिहरु बौद्ध तेक्वान्दो डोजाङ्गका सिनिएर प्रशिक्षक अनिल देबकोटा, अर्जुन खत्री, मल्ल ट्रेक्स प्रालिका सञ्चालक दुर्गा भण्डारी, कपन चुनदेबी सहकारी संस्थाका कोषाध्यक्ष मोहन लामालगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रममा ६० जना तेक्वान्दो खेलाडीको उपस्थिति रहेको थियो । बुढानीलकण्ठ नगरपालिका–११ स्थित शान्ति स्तुपा कपन पैयाँटारमा कार्यक्रम सम्पन भएको थियो ।








