अञ्जिलाको सँघर्षकथामा बन्यो चलचित्र ‘अञ्जिला’

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीलाई अब चलचित्रको पर्दामा हेर्न पाईने भएको छ । अञ्जिलाको जीवनीलाई निर्देशक मिलन चाम्सले पर्दामा उतारिरहेका छन् । अञ्जिालकै मुख्य भूमिका रहेको चलचित्र ‘अञ्जिला’ चाँडै रिलिज गर्ने यसका निर्देशक मिलनले जानकारी गराएका छन् ।

२०५३ मा पाँचथरको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गर्ल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । अञ्जिला ’पल्सर स्पोर्टस् अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने अञ्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

अञ्जिलाको जीवनमा केन्द्रित रहेको बनेको चलचित्रको फस्ट लुक पोस्टर शिबरात्रीको अबसर पारेर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फुटबल खेलाडी अञ्जिला र अभिनेता दयाहाङ राईलाई समेटिएको छ । एउटा काँधमा डोको र हातमा फुटबल लिएरको पोजमा अञ्जिलालाई पोष्टरमा समेटिएको छ । यो चलचित्रमा दयाहाङ भने अञ्जिलाको अभिभावकको भूमिकामा छन् । तर पोष्टरमा उनको भूमिका खुलाईएको छैन ।

यो चलचित्र अञ्जिलाकै जन्मथलो इलामको आइत’bout, झापा र काठमाडौँमा छायाँकन गरिएको छ । चलचित्रमा अञ्जिलाले आफ्नो भूमिका आफैंले निर्वाह गरेकी छिन् । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको अभिनय रहेको छ । यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठले आफ्नो बास्तविक भूमिका अञ्जलीमा निर्वाह गरेका छन् ।

यो चलचित्रमा अञ्जिलाको बाल्यकालदेखि फुटबल यात्रासम्मको कथा समेटिएको छ । उनको सँघर्षकथा चलचित्रमा हेर्न पाईने छ । तथापि यो चलचित्र हुबहु अञ्जिलाको बायोपिक नभएको र ७५ प्रतिशत मात्र अञ्जिलाको जीवनीमा केन्द्रित रहेको यसका निदेैशक मिलन चाम्सले बताएका छन् ।

अञ्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु